शनिबार, फागुन ३०, २०८२

कोरोना संक्रमित थिए जर्ज फ्लोएड

प्रहरीबाट हत्या भएका अफ्रिकी मूलका अमेरिकी नागरिक जर्ज फ्लोएडलाई कोरोना भाइरसको संक्रमण रहेको खुलेको छ। केही हप्ताअघि उनलाई संक्रमण पुष्टि भएको थियो। फ्लोएडको हत्यालाई लिएर अमेरिकामा प्रदर्शन जारी छ।
 |  बिहीबार, जेठ २२, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २२, २०७७

प्रहरीबाट हत्या भएका अफ्रिकी मूलका अमेरिकी नागरिक जर्ज फ्लोएडलाई कोरोना भाइरसको संक्रमण रहेको खुलेको छ।

National life

केही हप्ताअघि उनलाई संक्रमण पुष्टि भएको थियो। फ्लोएडको हत्यालाई लिएर अमेरिकामा प्रदर्शन जारी छ।

जर्ज फ्लोएडको २० पेज लामो अटोप्सी रिपोर्टमा कोरोना संक्रमण उल्लेख भएको बीबीसीले जनाएको छ।

जर्जको हत्याविरुद्ध हिंसात्मक आन्दोलन भइरहेको अमेरिकामा अहिले भने आन्दोलनको स्वरुप परिवर्तन भएको छ।

गत हप्ताभर हिंसात्मक आन्दोलन भइरहेकोमा अहिले शान्तिपूर्ण प्रदर्शन हुन थालेको हो।

Laxmi sunrise bank
kumari

प्रहरी नियन्त्रणमा रहेका बेला अफ्रिकी मूलका अमेरिकी नागरिक जर्ज फ्लोयडको मृत्यु भएपछि उनको हत्या भएको भन्दै देशभर प्रदर्शन भइरहेको छ। ती व्यक्तिलाई न्याय दिलाउन माग गर्दै हजारौँ प्रदर्शनकारीले प्रदर्शन गर्दै आइरहेका छन् ।

आन्दोलन हिंसात्मक हुँदै गएपछि सरकारले देशका ४० भन्दा बढी सहरमा समय तोकेर कर्फ्यु आदेश पनि जारी गरेको थियो। कतिपय ठाउँमा कर्फ्यु पनि तोडेर प्रदर्शनकारीहरुले आन्दोलनलाई चर्काउँदै लगेका थिए ।

प्रदर्शनकारी र प्रहरीका बीचमा धेरै ठाउँमा झडप भएका थिए भने आन्दोलनका क्रममा एक जनाको मृत्यु पनि भएको छ। हजारौँ पक्राउ परेका छन् भने सयौँ घाइते भएका छन्।

मृतक फ्लोयडको परिवारले शान्तिपूर्ण प्रदर्शनका लागि आह्वान गरेकाले हिंसात्मक हुँदै गएको प्रदर्शन एकाएक शान्तिपूर्ण भएको हो।

प्रकाशित: Jun 04, 2020| 14:04 बिहीबार, जेठ २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।