बुधबार, चैत ११, २०८२

खानामा बेसारको प्रयोग किन गरिन्छ ? के छन् यसका फाइदा ?

परिकारमा मिसाइएको बेसारले खाना पचाउन पनि मद्दत गर्छ। यसमा प्राकृतिक रुपमा औषधिय गुण हुन्छ।
 |  बिहीबार, जेठ २२, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २२, २०७७

काठमाडौं– बेसार जो कोहीको भान्सामा हुन्छ। तरकारी, दाल, मासुलगायत जुनसुकै परिकारमा बेसारको प्रयोग अनिवार्य गर्ने चलन छ। बेसारलाई मसलाको रुपमा प्रयोग गरिंदै आएको छ। फाइदा थाहा नहुँदा पनि यसको प्रयोग पुस्तौंदेखि हुँदै आएको छ।

National life

पूर्वीय मुलुकमा खानाको स्वाद बढाउन र परिकार आकर्षक देखाउन बेसारको प्रयोग हजारौं वर्षदेखि भइरहेको छ। अन्जान तरिकाले बेसारको प्रयोग भइरहे पनि यसले शरीरलाई अनेक फाइदा दिइरहेको छ। परिकारमा मिसाइएको बेसारले खाना पचाउन पनि मद्दत गर्छ। यसमा प्राकृतिक रुपमा औषधिय गुण हुन्छ।

पछिल्लो समय विभिन्न अध्ययनले बेसारको फाइदाबारे निष्कर्ष निकालेपछि संसारभर यसको प्रयोग बढेको छ। पूर्वीय मुलुकहरूमा यसअघि खानामा मात्रै प्रयोग गरिने बेसार अहिले दूध, पानी, महलगायतसँग मिलाएर पनि सेवन गर्न थालिएको छ।

हेल्थ लाइन डटकमका अनुसार बेसारले शरीरको रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्नुका साथै इन्फेक्सनबाट बचाउँछ। यसमा शरीरलाई आवश्यक क्यालोरी, भिटामिन ए, क्याल्सियम, फस्फोरस, आइरनलगायत तत्व पाइन्छ।

बेसारलाई ‘नेचुलर पेन किलर’को रुपमा पनि चिनिन्छ किनकि यसले शरीरमा हुने दुखाइलाई निदान गर्छ। त्यसैकारण गाउँघरमा पहिल्यैदेखि काटेको, पोलेको चोटपटक लागेको ठाउँमा बेसारको प्रयोग गरिंदै आएको हो।

Laxmi sunrise bank
kumari

मांसपेशीमा हुने पीडालाई बेसार सेवनले केही हदसम्म कम गर्छ।

अनिद्राको समस्या हटाउन पनि बेसार उपयोगी मानिन्छ। बेसार मिसाइएको दूधमा ट्रायटोफन हुन्छ, जसले राम्ररी निद्रा लगाउँछ।

वजन घटाउन पनि बेसारको प्रयोग निकै उपयोगी मानिन्छ।

बेसारको नियमित प्रयोग छालाको लागि फाइदाजनक छ। यसले छाला चम्किलो बनाउन र बुढ्यौलीलाई धकेल्ने काम गर्छ। त्यसैले सौन्दर्य प्रशाधनका सामग्रीको बेसारको प्रयोग हुन्छ।

बेसारले मानसिक चिन्ताको शिकार हुनबाट जोगाउनुको साथै स्मरण शक्ति पनि वृद्धि गर्छ।

बेसार र दूधको मिश्रणमा क्याल्सियम पाइन्छ। जसले हड्डी बलियो बनाउन मद्दत गर्छ।

महिनावारीमा हुने पीडा कम गर्न पनि बेसारको प्रयोग उपयोगी हुन्छ।

 

प्रकाशित: Jun 04, 2020| 13:20 बिहीबार, जेठ २२, २०७७
प्रतिक्रिया दिनुहोस्