शुक्रबार, साउन २२, २०८३

डब्लुएचओद्वारा क्लोरोक्विन प्रयोगका लागि पुनः अनुमति, ब्राजिलमा भ्याक्सिन परीक्षण गरिँदै

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले हाइड्रोक्सीक्लोरोक्विनको क्लिनिकल ट्रायलका लागि पुनः अनुमति दिएको छ।
 |  बिहीबार, जेठ २२, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २२, २०७७

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले हाइड्रोक्सीक्लोरोक्विनको क्लिनिकल ट्रायलका लागि पुनः अनुमति दिएको छ।

एक साता प्रतिबन्ध लगाएपछि डब्लुएचओले उक्त औषधि प्रयोगका लागि फेरि अनुमति दिएको हो।

एक अनुसन्धान प्रतिवेदनले प्रश्न उठाएपछि डब्लुएचओले हाइड्रोक्सीक्लोरोक्विनको प्रयोगमा रोक लगाएको थियो। उक्त प्रतिवेदनको समीक्षापछि फेरि सो औषधिको क्निलिकल ट्रायलमा अनुमति दिइएको हो।

मलेरियाका बिरामीको लागि प्रयोग भएको सो औषधि कोरोना भाइरसका बिरामीका लागि पनि प्रयोग भइरहेको छ। ३५ देशमा कोरोना भाइरसका बिरामीमा हाइड्रोक्सीक्लोरोक्विन प्रयोग भइरहेको छ।

सामान्यतया हाइड्रोक्सिक्लोरोक्विन तथा क्लोरोक्विनको प्रयोग मलेरिया तथा लुपस जस्ता अटोइम्युन बिरामीका लागि प्रयोग गरिन्छ। यी औषधि कोरोनाका बिरामीलाई दिइन थालेपछि विज्ञहरुले चिन्ता व्यक्त गरेका थिए।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त औषधि प्रयोगका लागि लगातार प्रोत्साहित गरिरहेका छन्। उनी आफैंले समेत सो औषधि सेवन गरेको बताएका थिए।

उता, ब्राजिलमा कोरोना भाइरसको संक्रमण रोकथामका लागि युनिभर्सिटी अफ अक्सफोर्डमा तयार गरिएको भ्याक्सिन परीक्षण हुने भएको छ। यसै साता भर्ना हुन लागेका दुई हजार स्वयंसेवकमा यो भ्याक्सिन परीक्षण गर्न लागिएको हो।

परीक्षणमा १८ देखि ५५ वर्षका स्वयंसेवक स्वास्थ्यकर्मी सामेल हुनेछन्। कोभिड–१९ अस्पतालमा सफाइको काम गर्ने स्वयंसेवकमा पनि भ्याक्सिन परीक्षण गरिनेछ।

युनिभर्सिटी अफ अक्सफोर्डकी प्रेसिडेन्ट सोराया स्माइलीका अनुसार कोरोना भाइरस संक्रमण ब्राजिलमा तीव्र गतिमा बढिरहेकाले भ्याक्सिन परीक्षणका लागि ब्राजिललाई नै चयन गरिएको हो। संक्रमणको मामलामा ब्राजिल अमेरिकापछि दोस्रो नम्बरमा छ।

बीबीसी

 

 

प्रकाशित: Jun 04, 2020| 06:27 बिहीबार, जेठ २२, २०७७
प्रतिक्रिया दिनुहोस्