सोमबार, भदौ ८, २०८३

सरकारको निर्णय विपरीत राष्ट्र बैंकको निर्देशन

सरकारले कर तिर्ने म्याद असार ७ गतेसम्म थपे पनि नेपाल राष्ट्र बैंकले कर तिर्ने म्याद जेठ २५ गतेलाई नै आधार मानेर बैंक तथा वित्तिय संस्थालाई राजस्व संकलनका लागि काउन्टर खोल्न निर्देशन दिएको छ।
 |  बुधबार, जेठ २१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, जेठ २१, २०७७

काठमाडौं- सरकारले कर तिर्ने म्याद असार ७ गतेसम्म थपे पनि नेपाल राष्ट्र बैंकले कर तिर्ने म्याद जेठ २५ गतेलाई नै आधार मानेर बैंक तथा वित्तिय संस्थालाई राजस्व संकलनका लागि काउन्टर खोल्न निर्देशन दिएको छ।

राष्ट्र बैंकद्वारा बैंक तथा वित्तिय संस्थालाई जारी गरेको निर्देशनमा भनिएको छ, ‘सरकारले गरेको निर्णयअनुसार फागुन र चैत महिनाको कर संकलनका लागि जेठ २५ गतेसम्म शनिबार लगायत जुनसुकै सार्वजनिक बिदामा समेत राजस्व बुझ्ने प्रयोजनका लागि शाखा खोल्नु।’

त्यसैगरी राष्ट्र बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेडलाई पूर्णकालीन रुपमा खुला गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ।

प्रकाशित: Jun 03, 2020| 19:50 बुधबार, जेठ २१, २०७७
प्रतिक्रिया दिनुहोस्