शनिबार, असोज १७, २०८३

यसपालि दसैंको दक्षिणामा नयाँ नोट पाइने

गत वर्ष कोरोना महामारीका कारण दसैंमा नयाँ नोट नदिएको राष्ट्र बैंकले यो वर्ष भने दिने भएको छ।
 |  मंगलबार, भदौ २९, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २९, २०७८

काठमाडौं- गत वर्ष कोरोना महामारीका कारण दसैंमा नयाँ नोट नदिएको राष्ट्र बैंकले यो वर्ष भने दिने भएको छ। असोज ४ गतेदेखि काठमाडौंमा केन्द्रीय कार्यालय बालुवाटार र हरेक प्रदेश कार्यालयमार्फत नयाँ नोट साट्न पाइनेछ।

उपभोक्ताको धेरै भीड नहोस् भनेर बेलैदेखि नयाँ नोट साट्न थालिएको राष्ट्र बैंकको भनाइ छ। 

एकजनाले १८ हजार ५ सय रुपैयाँबराबर नयाँ नोट पाउनेछन्। यसमा ५ देखि १ सय रुपैयाँसम्मका एक एकवटा बन्डल हुन्छ। राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई पनि २ देखि ५ करोड रुपैयाँसम्म नयाँ नोट दिएको छ। उनीहरुले भने दसैं सुरु हुनु १५ दिन अघिदेखि नयाँ नोट साट्न पाउनेछन्।

यस वर्ष घटस्थापना असोज २१ गते परेको छ भने विजयादशमी २९ गते। दसैंमा टीका लगाएर दक्षिणाको रुपमा नयाँ नोट दिने चलन छ।

प्रकाशित: Sep 14, 2021| 06:54 मंगलबार, भदौ २९, २०७८
प्रतिक्रिया दिनुहोस्