काठमाडौं– मेगा बैंक नेपाल लिमिटेडले गण्डकी विकास बैंकलाई प्राप्ति गर्ने प्रस्ताव पारित गरेको छ। बैंकको बुधबार सम्पन्न विशेष साधारण सभाले गण्डकी विकासलाई गाभ्ने प्रस्ताव पारित गरेको हो।
बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले अब मेगा बैंकको चुक्ता पुँजी १३ अर्ब १३ करोड रुपैयाँ पुग्ने जानकारी दिइन। प्राप्तिपछि निक्षेप १ खर्ब २५ अर्ब र कर्जा १ खर्ब ९ अर्ब रुपैयाँभन्दा बढी हुने भएको छ।
गण्डकी विकास बैंकलाई प्राप्तिपछि मेगा बैंकको सञ्जाल ५८ जिल्लामा पुग्ने भएको छ। ग्राहक संख्या करिव ११ लाख हुनेछ भने शाखा संख्या २०६, एक्सटेन्शन काउन्टर ३० र एटीएम १४२ वटा हुनेछन्।
९६ वटा शाखा सञ्जाल रहेको गण्डकी विकास बैंकको चुक्ता पुँजी २ अर्ब ७५ करोड छ।