मंगलबार, असार २३, २०८३

कुशल र रोहित चम्किँदा अमेरिकाविरुद्ध नेपालको जित

आईसीसी क्रिकेट विश्वकप लिग–२ मा अमेरिकाविरुद्ध नेपालले जित निकालेको छ। ओमानको मस्कटस्थित अल अमारत क्रिकेट मैदानमा भएको खेलमा नेपालले अमेरिकालाई ५ विकेटले हराएको हो।
 |  सोमबार, भदौ २८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २८, २०७८

काठमाडौं- आईसीसी क्रिकेट विश्वकप लिग–२ मा अमेरिकाविरुद्ध नेपालले जित निकालेको छ। ओमानको मस्कटस्थित अल अमारत क्रिकेट मैदानमा भएको खेलमा नेपालले अमेरिकालाई ५ विकेटले हराएको हो। 

अमेरिकाले दिएको २३१ रनको लक्ष्य पछ्याएको नेपालले ५ विकेटको क्षतिमा ६ बल बाँकी हुँदै जित निकालेको हो। 

नेपालका तर्फबाट ओपनर कुशल भुर्तेलले ८४ रन बनाएका थिए भने रोहित पौडेलले ६२ रन जोडेका थिए। यस्तै विनोद भण्डारीले ३७ रन संकलन गरेका थिए। नेपालका आसिफ शेखले २३ रन, कप्तान ज्ञानेन्द्रले २४ रन बनाए। ८४ रन जोड्न सफल भएका भुर्तेलले ३ चौका र ३ छक्का प्रहार गरेका थिए। रोहितले २ चौका र ३ छक्का प्रहार गरेका थिए। 

टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २३० रन बनाएको थियो। अमेरिकाका मोनाक पटेलले शतक बनाएका थिए। उनले ९ चौका र एक छक्का प्रहार गरेका थिए। 

त्रिदेशीय शृंखला अन्तर्गत नेपाले पहिलो खेल अमेरिकासँग खेलेको हो।


प्रकाशित: Sep 13, 2021| 23:57 सोमबार, भदौ २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।