शनिबार, फागुन ३०, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • अमेरिकामा हिंसात्मक प्रदर्शन जारी, कोरोनाबाट एकै दिनमा ११३२ को मृत्यु

अमेरिकामा हिंसात्मक प्रदर्शन जारी, कोरोनाबाट एकै दिनमा ११३२ को मृत्यु

मिनेपोलिसमा एक श्वेत प्रहरी अधिकारीले जर्ज फ्लोयड नामका अश्वेत व्यक्तिको गर्धन घुँडाले थिचेको भिडियो भाइरल भएपछि अमेरिकीहरु आक्रोशित भएका हुन्।
 |  बुधबार, जेठ २१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, जेठ २१, २०७७

अमेरिकामा कोरोना भाइरसको महामारीका बीच एक अश्वेत नागरिक जर्ज फ्लोएडको मृत्युपछि भड्किएको हिंसा रोकिएको छैन।

National life

राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त हिंसात्मक प्रदर्शनलाई घरेलु आतंकवाद भनेका छन्। फ्लोएडको मृत्युकाविरुद्ध सुरु भएको हिंसात्मक प्रदर्शनको आगो १४० सहरमा फैलिसकेको छ।

उक्त आन्दोलनलाई अमेरिकामा पछिल्ला कैयौं दशकपछिको सबैभन्दा खराब नागरिक अशान्ति मानिएको छ। ट्रम्प प्रशासनले २४ राज्यमा नेशनल गार्डका करिब १७ हजार सैनिक तैनाथ गरेको छ। अमेरिकामा ३ लाख ५० हजार नेशनल गार्ड उपलब्ध रहेको र आवश्यक परे थप सैनिक परिचालन गरिने ह्वाइट हाउसले बताएको छ।

ह्वाइट हाउसले भनेको छ, ‘हिंसा, लुट, अराजकता र अव्यवस्था सह्य हुँदैन। अमेरिकाको सडकमा जे देखिँदैछ, त्यो मञ्जुर छैन।’ स्थिति थप बिग्रिए सेना परिचालन गरिने ट्रम्पले बताएका छन्।

मिनेपोलिसमा एक श्वेत प्रहरी अधिकारीले जर्ज फ्लोयड नामका अश्वेत व्यक्तिको गर्धन घुँडाले थिचेको भिडियो भाइरल भएपछि अमेरिकीहरु आक्रोशित भएका हुन्।

Laxmi sunrise bank
kumari

घटनाको केही मिनेटमै जर्ज फ्लायडको मृत्यु भएको थियो। यसपछि लगातार हिंसा, आगजनी र लूटपाटका खबरहरु आइरहेका छन्। कैयौं सहरमा प्रहरीका गाडीमा आगो लगाइएको छ र पसलहरुमा लुटपाट भएको छ।

घटना कसरी भयो ?

२५ मेमा एउटा ग्रोसरी स्टोरमा जर्ज फ्लोएडले २० डलरको नक्कली नोट दिएको खबर पायो। प्रहरीले फ्लोएडलाई पक्राउ गरेर जब गाडीमा राख्दै थियो, त्यसबेला उनी जमिनमा खस्न पुगे।

प्रहरीका अनुसार फ्लोएडले प्रहरीलाई रोक्न प्रयास गरेकाले उनलाई हथकडी लगाउन परेको थियो। तर, भिडियोमा उनको प्रहरीसँग कसरी झडप भयो भन्ने देखिँदैन।

प्रहरी अधिकारी डेरेक चौविनको घुँडाले उनको गर्धनमा थिचेको र फ्लोएडले ‘मैले सास फेर्न सकेको छैन, प्लिज मलाई नमार’ भनेको सुनिन्छ।

लगत्तै फ्लोएडलाई अस्पताल पुर्याइयो र उनलाई मृत घोषित गरियो।

फ्लोएडका परिवार र एक वकिलले उनको हत्या जानाजान गरिएको आरोप लगाएका छन्।

कोरोनाको कहर पनि घटेको छैन

अमेरिकामा कोरोनाको कहर पनि रोकिएको छैन। त्यहाँ पछिल्लो २४ घण्टामा नै १ हजार १३२ संक्रमितको मृत्यु भयो। २१ हजार ३२५ संक्रमित थपिए।

अमेरिकामा हालसम्म कोरोनाबाट १ लाख ८ हजारको ज्यान भइसकेको छ। संक्रमित हुनेको संख्या १८ लाख ८० हजार पुगिसकेको छ।

६ लाख २५ हजार ४१७ निको भएका छन् भने ११ लाख ४७ हजार संक्रमित स्वास्थ्यकर्मीको निगरानीमा छन्। १७ हजार ११२ संक्रमितको स्वास्थ्य अवस्था गम्भीर छ।

प्रकाशित: Jun 03, 2020| 07:30 बुधबार, जेठ २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।