सोमबार, भदौ ८, २०८३

लकडाउनकै बीचमा कर तिर्न आन्तरिक राजस्वको सूचना

राजस्व विभागले आज सार्वजनिक सूजना जारी गर्दै कर तिर्न बढाइएको समयसीमा भित्र कर तथा कर विवरण नबुझाएमा शूल्क, थप दस्तुर, ब्याज तथा जरिवाना तिर्नुपर्ने चेतावनी दिएको हो।
 |  मंगलबार, जेठ २०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २०, २०७७

काठमाडौं– आन्तरिक राजस्व विभागले २५ जेठभित्र चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकको कर भुक्तानी गर्न सूचना जारी गरेको छ।

विभागले आज सार्वजनिक सूजना जारी गर्दै कर तिर्न बढाइएको समयसीमा भित्र कर तथा कर विवरण नबुझाएमा शूल्क, थप दस्तुर, ब्याज तथा जरिवाना तिर्नुपर्ने चेतावनी दिएको हो।

१४ वैशाखको मन्त्रिपरिषद् बैठकले कर तिर्ने समय एक महिना थप्ने निर्णय गरेको थियो। त्यसपछि करको विषयमा सरकारले अर्को निर्णय गरेको छैन। तर, लकडाउन जेठ मसान्तसम्म जारी राख्ने निर्णय गरिसकेको छ।

आन्तरिक राजस्व विभागका अनुसार मूल्य अभिवृद्धि कर ऐनअनुसार फागुन र चैत महिनाको मासिक, माघ–फागुन महिनाको द्विमासिक र दोस्रो चौमासिक अवधिको मूल्य अभिवृद्धि कर विवरण तथा ती विवरण बमोजिमको कर दाखिला गर्ने म्याद २५ जेठमा सकिंदैछ।

लकडाउनका कारण अत्यावश्यक बाहेकका उद्योग/व्यवसाय बन्द छन्। आम नागरिक वा अत्यावश्यक सेवा बाहेकका व्यवसायीलाई घर बाहिर निस्कन बन्देज छ। यहीबीचमा आन्तरिक राजस्व विभागले सूचना जारी गर्दै कर तिर्न ताकेता गरेपछि व्यवसायीहरू आक्रोशित भएका छन्।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले भने “बजेटमार्फत राहत दिन नसके पनि थप आहत नगरियोस्।” उनले लकडाउन खोल्न र सुरक्षित रुपमा व्यवसाय सञ्चालन गर्न दिन माग पनि गरेका छन्। उनी भन्छन्, “व्यवसाय चलेपछि कर त उठिहाल्छ।”

महासंघका पूर्व अध्यक्ष पशुपति मुरारकाले सरकारको निर्णयले व्यवसायीलाई थप समस्या पर्ने बताए। उनले भने, “सञ्चालन भएका र तिर्न सक्नेले तिरे पनि सबैको लागि अनिवार्य गर्नु हुँदैन।”

 

 

प्रकाशित: Jun 02, 2020| 12:20 मंगलबार, जेठ २०, २०७७
प्रतिक्रिया दिनुहोस्