मंगलबार, चैत ५, २०८१
  • गृहपृष्ठ
  • प्रदेश
  • सर्पले टोकेको बालकको उपचारका क्रममा मृत्यु, स्थानीयद्वारा अस्पतालमा तोडफोड

सर्पले टोकेको बालकको उपचारका क्रममा मृत्यु, स्थानीयद्वारा अस्पतालमा तोडफोड

सर्पदंशको उपचार समयमा नपाउँदा बालकको ज्यान गएको भन्दै आक्रोशित स्थानीयले बाराको सिम्रौनगढ नगर अस्पतालमा तोडफोड गरेका छन्।
 |  सोमबार, भदौ २८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २८, २०७८

पर्सा- सर्पदंशको उपचार समयमा नपाउँदा बालकको ज्यान गएको भन्दै आक्रोशित स्थानीयले बाराको सिम्रौनगढ नगर अस्पतालमा तोडफोड गरेका छन्।

health

सर्पले डसेपछि अस्पताल पुर्‍याउँदा पनि समयमा उपचार नगरि अस्पतालले लापरबाही गरेको आरोप लगाउँदै आक्रोशित स्थानीयले सिम्रौनगढ नगरपालिका वडा नं- ७ सिम्रौनगढस्थित नगर अस्पतालमा तोडफोड गरेका हुन्। सिम्रौनगढ नगरपालिका-२ मौवाही टोल निवासी सुमोद साहका १८ महिने छोरा अनुराज गुप्तालाई सर्पले डसेपछि सिम्रौनगढ नगरअस्पतालमा लगिएको तर त्यहाँ उपचार नभएपछि कलैया लैजाने क्रममा बाटैमा  बालकको मृत्य भएको थियो। 

त्यसैको आक्रोशमा बालकका आफन्त र गाँउलेले सिम्रौनगढ नगर अस्पतालमा तोडफोड गरेका हुन्। तोडफोडका क्रममा अस्पतालका कर्मचारी र स्वा‍स्थ्यकर्मी गरी ८ जना घाइते भएका छन्। घाइते हुनेहरुमा प्रयागप्रसाद कुशवाहा, रबिन हुसेन, बीरेश यादव, शम्भु प्रसाद साह, रामजीवन ठाकुर, लालबाबु मुखिया, निर्मला ठाकुर र सुरेन्द्र साह रहेका छन्। 

उनीहरुको उपचार कलैया र सिम्रौनगढमा भइरहेको छ। सिम्रौनगढ नगर अस्पतालका प्रमुख डा. जितेन्द्र यादवले एक विज्ञप्ति जारी गर्दै अस्पतालमा भएको तोडफोडबारे जानकारी दिए।

तोडफोडबाट कम्प्युटर दुई थान, ल्यापटप एकथान, ईसीजी मेसिन एक थान, मोबाइल एक थान तथा केही औषधिहरु पनि क्षति भएको अस्पताल प्रशासनले जनाएको छ। मृतक बालकका बुवा सुमोदले आफ्नो छोराको समयमै उपचार नहुदा मृत्यु भएको बताए। 

प्रकाशित: Sep 13, 2021| 20:11 सोमबार, भदौ २८, २०७८
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।