बुधबार, चैत ११, २०८२

'कम्युनिटी, युनिटी र इम्युनिटीका लागि योग'

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कम्युनिटी, युनिटी र इम्युनिटी अर्थात् समुदाय, एकता र शारीरिक क्षमताका लागि योगाभ्यास अत्यन्त उपयोगी रहेको बताएका छन्।
 |  आइतबार, जेठ १८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, जेठ १८, २०७७

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कम्युनिटी, युनिटी र इम्युनिटी अर्थात् समुदाय, एकता र शारीरिक क्षमताका लागि योगाभ्यास अत्यन्त उपयोगी रहेको बताएका छन्।

National life

कोरोना भाइरसलाई पराजित गर्न पनि योगाभ्यासको आवश्यकता रहेकोमा उनले जोड दिए । योगाभ्यासले शारीरको क्षमता बढाउने र क्षमता बढाएमा कोरोनाभाइरसलाई जित्न सकिने भएकाले कोरोना संकटका बेलामा योगाभ्यास अझ उपयोगी र आवश्यक रहेको उनको भनाई छ ।

मासिक रेडियो कार्यक्रम “मन की बात”मा बोल्ने क्रममा प्रधानमन्त्री मोदीले योगाभ्यास र आयुर्वेदलाई विश्वभरका नेताहरुले चासो राख्ने गरेको उल्लेख गरे।

“मैले विश्व नेताहरुसँग कुराकानी गर्नेक्रममा योगाभ्यास र आयुर्वेदले कोरो नाभाइरस विरुद्धको उपचारका लागि सहयोग गर्न सक्ने बारेमा चासो राख्ने गर्नुभएको छ,” उनले भने ।

अन्तर्राष्ट्रिय योग दिवसको पूर्वसन्ध्यामा प्रधानमन्त्री मोदीले योगको महत्व र उपयोगिताका बारेमा चर्चा गरेका हुन्। हरेक वर्षको जुन २१ तारिखका दिन विश्वभरी अन्तर्राष्ट्रिय योग दिवस मनाउने गरिएको छ ।
रासस

Laxmi sunrise bank
kumari

प्रकाशित: May 31, 2020| 17:35 आइतबार, जेठ १८, २०७७
प्रतिक्रिया दिनुहोस्