बुधबार, चैत ११, २०८२

चट्याङ के हो ? कसरी बच्ने ?

सरकारी तथ्याङ्कअनुसार चट्याङका कारण हरेक वर्ष सरदर एक सय जनाको ज्यान जाने गरेको छ ।
 |  आइतबार, जेठ १८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, जेठ १८, २०७७

प्रि–मनसुन सुरु भएसँगै चट्याङ पर्ने क्रम बढेको छ । मनसुनपूर्वको यो मौसममा चट्याङको जोखिम धेरै हुने मौसमविदहरु बताउँछन्। बिजुली चम्केर गड्याङगुडुङ गर्दै पानी पर्न थालेपछि सुरक्षित रुपमा घरभित्रै बस्न उनीहरुको सुझाव छ ।

National life

सरकारी तथ्याङ्कअनुसार चट्याङका कारण हरेक वर्ष सरदर एक सय जनाको ज्यान जाने गरेको छ । प्रिमनसुनमा बादल हुँदै आकाशबाट जमिनमा विद्युतीय लहरको झट्का खस्ने जोखिम उच्च हुन्छ। चट्याङ शक्तिशाली बिजुलीको धार हो ।

गर्मी महिनामा जमिन तातो भएपछि तातो हावा आकाशमा जाने र बादलभित्र हावा तलमाथि हुँदै गर्दा उत्पन्न हुने घर्षणपछि करेन्टको उत्पति हुन्छ।

वैज्ञानिक अध्ययनअनुसार एक पटक चट्याङ पर्ने बेला १० हजार एम्पिएर वा त्योभन्दा बढी मात्रामा करेन्ट उत्पन्न हुन्छ ।

यति धेरै करेन्ट उत्पत्ति हुने भएकोले यस्तो बिजुलीको धार आकाशबाट पृथ्वीको धरातलतिर केन्द्रित भइ प्रवाहित हुने बेला यसको संसर्गमा आउने मानिस वा अरु कुनै प्राणीको ज्यान जाने गर्छ।

Laxmi sunrise bank
kumari

प्रकृति र मौसमसँग सम्बन्धित हुने भएकाले चट्याङलाई टार्न सकिन्न।, तर यसबाट हुने नोक्सानीलाई भने कम गर्न सकिन्छ। नेपालमा चट्याङ परेका बेला घरभित्रै बस्नु नै चट्याङबाट जोगिने उत्तम उपाय भएको विज्ञ बताउँछन्।

कस्ता सावधानी अपनाउने ?

–खेतीपातीको चटारो पर्ने बेला चट्याङ पर्ने हुँदा खेतबारीमा काम गर्दा विशेष ध्यान दिनुपर्छ।

–रुखको फेदमा र छेउछाउमा आड लगाएर बस्नु हुँदैन।

–मेघ गर्जनसहित पानी पर्दा घरबाहिर निस्कन हुँदैन।

–पौडी पोखरी र आसपासमा जानु हुँदैन।

–रुखको फेद र आसपासमा बस्नु हुँदैन।

–छाता खोल्ने या मोबाइल फोन प्रयोग गर्ने गर्नु हुँदैन।

–बिजुलीबाट चल्ने उपकरण बन्द गर्नुपर्छ।

–घरबाहिर भए मोटरगाडीभित्र झ्यालढोका बन्द गरी बस्नु उचित हुन्छ।

–कतै सहारा लिने ठाउँ छैन भने घुँडाले भुइँमा टेकेर हात टाउकोमाथि राखी निहुरिएर बस्नुपर्छ। तर भुइँमा लम्पसार पर्ने वा सुत्ने गर्नुहुँदैन।

–मेघ गर्जनसहित पानी परेको बेला जोखिम धेरै हुने भएकोले यस्तो बेला हिँडडुल गर्न हुँदैन।

चट्याङले घाइते भएमा के गर्ने ?

यदि चट्याङले कोही घाइते भए तुरुन्तै प्राथमिक उपचार गर्नुपर्छ। श्वासप्रश्वास वा धड्कन रोकिएको छ भने मुखमा मुख राखेर श्वास दिनुपर्छ।

चट्याङले पोलेको छ, नसाहरूमा क्षति पुगेको छ, हात टुटेफुटेको छ भने प्राथमिक उपचारपछि तुरुन्तै अस्पताल वा स्वास्थ्य चौकी पुर्याउनुपर्छ।

प्रकाशित: May 31, 2020| 11:49 आइतबार, जेठ १८, २०७७
प्रतिक्रिया दिनुहोस्