आइतबार, भदौ ७, २०८३

सरकारी कर्मचारीको कुन भत्ता काटियो, कुन कुन पाउँछन् ?

सरकारले आगामी आर्थिक वर्षको लागि सरकारी कर्मचारीको भत्ता रोक्का गरेको छ।
 |  शनिबार, जेठ १७, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १७, २०७७

काठमाडौ– सरकारले आगामी आर्थिक वर्षको लागि सरकारी कर्मचारीको भत्ता रोक्का गरेको छ।

कोभिड– १९ का कारण अर्थतन्त्र ओरालो लागेको बेला खर्चमा मितव्ययी बन्न भन्दै सरकारले यस वर्षको बजेटमै कर्मचारीको भत्ता तथा थप सुविधा कटौति गरेको हो ।

अर्थमन्त्रालयका अनुसार कर्मचारीले पाउँदै आएको पोसाक भत्ता, खाद्यान्न भत्ता, चाडवाड भत्ता, औषधोपचार भत्ता, महंगी भत्ता, दुर्गम भत्ता र अन्तर निकायको बैठक भत्ता काटिएको छैन ।

फिल्ड भत्ता, आन्तरिक बैठक भत्ता, कर्मचारी प्रोत्साहन र पुरस्कारको रकम, स्थानीय भत्ता, वैदेशिक भत्ता भने कटौती हुने छन्।

सामाजिक सहायता र सवारी साधनको सन्चालन तथा सम्भार खर्च पनि कटौति भएको अर्थमन्त्रालयले जानकारी दिएको छ ।

यद्यपि, कोरोना नियन्त्रण कार्यमा अग्रमोर्चामा रही काम गरिरहेका कर्मचारीको भत्ता काटिने छैन।

सरकारी कर्मचारीहरुले घर बनाउन र सन्तान पढाउनका लागि सस्तो ब्याजदरमा ऋणको सुविधा भने पाउने भएका छन् ।

सरकारले आगामी आर्थिक वर्षको लागि बजेटमा साधारण खर्च ०.४४ प्रतिशतले बढाएर ८ खर्ब २१ लाख ४६ करोड विनियोजन गरेको छ । तर प्रतिवद्ध खर्च, तलव, निवृत्तिभरण, सामाजिक सुरक्षा लगायत भने १२.६२ प्रतिशतले बढेर ४ खर्ब ४२ अर्ब ५२ करोड पुगेको छ ।

चालु खर्च अन्तर्गतको सञ्चालन तथा कार्यक्रम खर्च २७.९२ प्रतिशतले घटाएर ८७ अर्ब ६१ करोड ६१ लाख मात्र विनियोजन गरेको छ । त्यस्तै सरकारले विशिष्ट व्यक्ति तथा प्रतिनिधिमन्डलको भ्रमण खर्च पनि कटौति गरेको छ ।

 

प्रकाशित: May 30, 2020| 19:20 शनिबार, जेठ १७, २०७७
प्रतिक्रिया दिनुहोस्