मंगलबार, असार २३, २०८३

एसियन कप छनोटका लागि महिला फुटबल टोलीको विदाई

फिलिपिन्स र हङकङसँग हुने एसिया कप छनोटको खेलका लागि नेपाली महिला फुटबल टोलीको विदाई गरिएको छ।
 |  सोमबार, भदौ २८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २८, २०७८

काठमाडौं- फिलिपिन्स र हङकङसँग हुने एसिया कप छनोटको खेलका लागि नेपाली महिला फुटबल टोलीको विदाई गरिएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले उज्बेकिस्तानमा हुने एसिया कप छनोट खेल्‍ने नेपाली टिमको विदाई गरेको हो।

अब नेपालले असोज २ मा  फिलिपिन्ससँग र असोज ५ मा हङकङसँग छनोटका दुई खेल खेल्नेछ। छनोट खेलअघि नेपालले बंगलादेशससँग दुई मैत्रीपूर्ण खेल खेलेको हो। ती दुई मैत्रीपूर्णमध्ये पहिलो खेलमा नेपालले २-१ गोलको जित निकालेको छ भने दोस्रो खेल गोलरहित बराबरी भएको थियो।

बराबरीपछि प्रशिक्षक ग्यारी फिलिप्सले ती दुबै खेलमा नयाँ प्रयोग गरेको र नेपाली खेलाडीको स्तर हेरेको पनि बताएका छन्।  खेलमा नेपाली टोलीकी कप्तान रेनुका नगरकोटेले टिममा मिश्रित खेलाडी हुँदा तालमेल नमिलेको बताएकी थिइन्। 

यता प्रशिक्षक फिलिप्सले बंगलादेशले तीन महिना अभ्यास गरेको र नेपाली खेलाडीले डेढ महिना मात्र गरेकोले धेरै गर्न बाँकी रहेको बताए। 

म्याच फिटनेसबारे सोधिएको प्रश्‍नमा ग्यारीले खेल नभएको कारण सबै खेलाडी म्याच फिट नहुनु सामान्य रहेको बताएका थिए। ‘पछिल्लो पटक महिला लिग जनवरीमा भएको थियो। अनि अहिले खेल्दैछन्। म्याच फिट हुनका लागि नियमित खेलहरु भइरहनु पर्छन भन्‍ने सबैलाई थाहै छ नि,’ उनले भने।

यता नगरकोटेले एएफसी कममा नेपाली टिम अहिलेको भन्दा राम्रो हुने विश्वास व्यक्त गरेकी छन्।

प्रकाशित: Sep 13, 2021| 17:32 सोमबार, भदौ २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।