आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • ‘देशको मानव स्वास्थ्य र आर्थिक स्वास्थ्यअनुसार बजेट आएको छ’

‘देशको मानव स्वास्थ्य र आर्थिक स्वास्थ्यअनुसार बजेट आएको छ’

पूर्व अर्थमन्त्री तथा सत्तारुढ दल नेकपाका नेता सुरेन्द्र पाण्डेले आगामी आर्थिक वर्षको लागि सरकारले ल्याएको बजेट समयानुकूल भएको बताएका छन्।
 |  शुक्रबार, जेठ १६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ १६, २०७७

पूर्व अर्थमन्त्री तथा सत्तारुढ दल नेकपाका नेता सुरेन्द्र पाण्डेले आगामी आर्थिक वर्षको लागि सरकारले ल्याएको बजेट समयानुकूल भएको बताएका छन्।

आगामी आर्थिक वर्षको बजेटबारे प्रतिक्रिया दिँदै उनले मानव स्वास्थ्य र अर्थतन्त्रको स्वास्थ्य बिग्रेको बेलामा जस्तो बजेट आउनुपर्ने हो, त्यस्तै नै आएको दाबी गरे।

उनले कोरोनाका कारण राजस्वमा संकुचन आएको र पर्यटक तथा रेमिट्यान्स घट्दा विदेशी मुद्रा संन्चितिमा पनि संकुचन आउने सम्भावना रहेको बताउँदै पर्यटन र रोजगारीलाई मध्यनजर राख्दै बजेट आउनुपर्नेमा त्यसमा अर्थमन्त्रीले ध्यान दिएको बताए।

त्यस्तै उनले भने, ‘बजेटले सरकारी खर्च कटौती गरेको छ कतिपय क्षेत्र नै तोकेर बजेट कटौती गरेको छ बजेट । स्वास्थ क्षेत्र र कृषि क्षेत्रमा पनि राम्रो बजेट विनियोजन गरेको छ। उखु किसानको लागि अनुदान दिएको छ । खाद्य भण्डार निर्माणका लागि अनुदान दिएको छ। रोजगारीको क्षेत्रमा विभिन्न शिर्षकमा ३५ अर्ब रुपैयाँ विनियोजन गर्ने भनिएको छ। त्यो पनि सकारात्मक हो।’

उनले चालु खर्च सरकारले घटाउन नसकेको र चालु खर्चका लागि नै ऋण लिनुपर्ने अवस्था रहेको बताए । उनले भने, ‘बजेटको सुरुमा नै भनिएको थियो, ऋण केवल पुँजीगत खर्चमा लिइनेछ तर चालु खर्चकै लागि ऋण लिनुपर्ने अवस्था देखिएको छ ।’

त्यस्तै उनले बजेटमा राखिएको २ खर्ब ९९ अर्बको बैदेशिक ऋणको लक्ष्य महत्वाकांक्षी भएको पनि जिकिर गरे । उनका अनुसार बैदेशिक ऋण लक्ष्य अनुसार आउनेवाला छैन ।

सामान्यतया बजेट निर्माण गर्दा ६५ प्रतिशत आन्तरिक स्रोत र ३५ प्रतिशत बाह्य स्रोतमा बजेट भर परेको हुन्छ । तर अन्तमा ८० आन्तरिक र २० बाह्य स्रोतमा सीमित हुने गरेको छ ।

उनले आर्थिक वृद्धि भने सरकारले राखेको लक्ष्य अनुसारको ७ प्रतिशत नहुने दावी गरे। उनले भने, ‘अहिले कोभिड १९ का कारण उद्योगधन्दा लगायत सवै ठप्प छ । विश्व नै कोभिडसँग जुधिरहेको अवस्थामा ७ प्रतिशतको आर्थिक बृद्धिदरको लक्ष्य पाउन कठिन छ ।’

प्रकाशित: May 29, 2020| 14:53 शुक्रबार, जेठ १६, २०७७
प्रतिक्रिया दिनुहोस्