काठमाडौं- सर्लाहीमा बिँडी सेवन गर्ने क्रममा जलेर वृद्धको ज्यान गएको छ।
प्रहरीका अनुसार मृत्यु हुनेमा हरिपूर्वा नगरपालिका–५ का ७० वर्षीय रामसुकुल साह छन्।
यही जेठ ११ गते बिँडी सेवन गर्ने क्रममा कपडामा आगो सल्केर साह गम्भीर घाइते भएका थिए।
गम्भीर घाइते साहलाई उपचारका लागि जनकपुर प्रादेशिक अस्पताल लगिएकोमा उपचारका क्रममा बिहीबार राति अस्पतालमै मृत्यु भएको प्रहरीले जनाएको छ।