आइतबार, भदौ ७, २०८३

सेनाका पृतनापति र चिकित्सक कोरोनामुक्त

नेपाली सेनाका एक पृतनापति र चिकित्सक कोरोना मुक्त भएका छन्।
 |  शुक्रबार, जेठ १६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ १६, २०७७

काठमाडौं- नेपाली सेनाका एक पृतनापति र चिकित्सक कोरोना मुक्त भएका छन्।

मध्यपूर्वी पृतना रौतहटमा कार्यरत पृतनापति र एक जना चिकित्सकको कोरोना रिपोर्ट नेगेटिभ आएको नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले जानकारी दिए।

उनीहरुलाई जेठ ३ गते संक्रमण पुष्टि भएको थियो। संक्रमण भेटिएको चिकित्सक सेनाकै स्वाब संकलन गर्ने स्वास्थ्यकर्मी हुन्।

उनीहरूको काठमाडौंस्थित सशस्त्र प्रहरीको अस्पतालमा उपचार गरिएको थियो।

पृतनापति र चिकित्सकलाई नै कोरोना संक्रमण भेटिएपछि उनीहरूको सम्पर्कमा आएकाहरूको समेत स्वाब परीक्षण गरिएको थियो। बाँकी कसैमा कोरोना देखिएन।

प्रकाशित: May 29, 2020| 13:48 शुक्रबार, जेठ १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।