आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सोती घटनाको विरोधमा सुदूरपश्चिम प्रदेशसभा अगाडि धर्ना

सोती घटनाको विरोधमा सुदूरपश्चिम प्रदेशसभा अगाडि धर्ना

रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८, सोतीमा भएको घटनाका दोषीलाई कारवाहीको माग गर्दै धनगढीमा विरोध प्रदर्शन भएको छ।
 |  शुक्रबार, जेठ १६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ १६, २०७७

धनगढी- रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८, सोतीमा भएको घटनाका दोषीलाई कारवाहीको माग गर्दै धनगढीमा विरोध प्रदर्शन भएको छ।

प्रेमलाई विवाहमा परिणत गर्न गएका युवाहरुमध्ये ६ जनाको ज्यान जाने गरी भएको उक्त घटनाका दोषीका कारवाहीको माग गर्दै नेपाली कांग्रेसका भातृ संगठन तथा अधिकारकर्मीहरुले प्रदर्शन गरेका हुन्।

घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कडा कारवाहीको माग गर्दै, दलित संघ, नेविसंघलगायतले सुदूरपश्चिम प्रदेशसभा भवनअगाडि धर्ना दिएका छन्।

धर्नापछि कोणसभामा नेपाली कांग्रेस कैलालीका जिल्ला सदस्य नृपबहादुर सुनार, प्रेम बिसी, खडक नागरी, मानव अधिकारकर्मी डिल्लीराज जोशी, वसन्त बाग्चन, चक्र बिक, ओमजंग सिंह लगायतले घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कडा कारवाही गर्न माग गरे।

प्रकाशित: May 29, 2020| 13:16 शुक्रबार, जेठ १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।