आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भारतीय मिडियामा प्रकाशित समाचार भ्रामक, दुरासयपूर्ण, काल्पनिक र निराधार : नेपाली सेना

भारतीय मिडियामा प्रकाशित समाचार भ्रामक, दुरासयपूर्ण, काल्पनिक र निराधार : नेपाली सेना

नेपाली सेनाले भारतका केही सञ्चारमाध्यममा दुई देशका सेनाबीचको सम्बन्ध र विश्वासमा नकारात्मक असर पुर्याउने उद्देश्यबाट प्रकाशित प्रसारित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
 |  शुक्रबार, जेठ १६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ १६, २०७७


काठमाडौं- नेपाली सेनाले भारतका केही सञ्चारमाध्यममा दुई देशका सेनाबीचको सम्बन्ध र विश्वासमा नकारात्मक असर पुर्याउने उद्देश्यबाट प्रकाशित प्रसारित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

नेपाली सेनाले हिन्दुस्तान टाइम्स डक कममा शिशिर गुप्तद्वारा लिखित इन ह्युग सेटब्याक टु पीएम ओली, नेपालस् न्यु पोलिटिकल म्याप हिट्स अ रोडब्लक तथा टिएफआईपोस्ट डट कममा अक्षय नारांगद्वारा लिखित ओली अर्डर्ड नेपाल चिफ अफ आर्मी टु रिबुट इन्डियन आर्मी चिफस रिमार्कस द नेप्लिज जेनेरलर सेड नो थ्यांक शीर्षकमा प्रकाशित समाचार भ्रामक, दुरासयपूर्ण, काल्पनिक तथा निराधार रहेको भन्दै खण्डन गरेको हो।

नेपाली सेनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'राष्ट्रिय एकता थप मजबुत बनाउनुपर्ने वर्तमान परिस्थितिमा नेपालमा विभाजन ल्याउने तथा नेपाली सेनालाई अनावश्यक विवादमा तान्ने कुत्सित मनसायले नेपाली सेनाप्रति लक्षित यस प्रकारको अफवाहमा विश्वास नगर्न आमपाठक तथा स्वाभिमानी नेपाली नागरिकलाई हार्दिक अनुरोध गरिन्छ।' 

सेनाले यससम्बन्धमा उपप्रधान एवम् रक्षामन्त्रीबाट धारणा सार्वजनिक भइसकेको जानकारी दिँदै नेपाली सेना नेपालको संविधानअनुरुप सरकारबाट प्राप्त वैधानिक निर्णय र निर्देशन पालना गर्न सदैव कटिबद्ध रहेको स्पष्ट पारेको छ।

प्रकाशित: May 29, 2020| 13:10 शुक्रबार, जेठ १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।