आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोना संक्रमितलाई आइसोलेसनमा राख्न खोज्दा स्थानीयको अवरोध, १२ राउड हवाई फायर

कोरोना संक्रमितलाई आइसोलेसनमा राख्न खोज्दा स्थानीयको अवरोध, १२ राउड हवाई फायर

रौतहटमा दुई जना कोरोना संक्रमितलाई आसोलेसनमा राख्न गएको प्रहरी र स्वास्थ्यकर्मीको टोलीमाथि स्थानीयले अवरोध गरेका छन्।
 |  शुक्रबार, जेठ १६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ १६, २०७७

रौतहटमा दुई जना कोरोना संक्रमितलाई आसोलेसनमा राख्न गएको प्रहरी र स्वास्थ्यकर्मीको टोलीमाथि स्थानीयले अवरोध गरेका छन्।

इशनाथ नगरपालिका–७ जोकाहामा रहेका कोरोना संक्रमितलाई आइसोलेसनमा राख्न खोज्दा स्थानीयले अवरोध सृजना गरेपछि दोहोरो झडप भएको छ।

जिल्ला प्रहरी प्रमुख एसपी रबिराज खड्काले ‘हाम्रो मान्छे बाहिर लैजान पाइँदैन’ भन्दै स्थानीयले ढुंगामुढा प्रहार गर्न थालेपछि स्थिति नियन्त्रणमा लिन १२ राउण्ड हवाई फायर गरेको जानकारी दिए।

खड्काका अनुसार क्वारेन्टिनमा बसेका दुई सय मध्ये दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

उनीहरुलाई गरुडास्थित प्रहरी विद्यालयमा स्थापना गरिएको आइसोलेसनमा ल्याउन लाग्दा स्थानीयले अवरोध गरेका छन्। क्वारेन्टिनमा बसेकाहरु समेत बाहिर निस्किन थालेपछि हवाई फायर गरेको खड्काले बताए।

आक्रोशित स्थानीयले प्रहरीको गाडीमा तोडफोड समेत गरेका छन्। स्थिति नियन्त्रणमा आएकाले केही बेरमा संक्रमितलाई आइसोलेसनमा ल्याउने तयारी भैरहेको प्रहरीले जनाएको छ।

 

प्रकाशित: May 29, 2020| 12:31 शुक्रबार, जेठ १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।