आइतबार, भदौ ७, २०८३

बजेट २०७७/७८ : यी हुन् कर बढेका र घटेका क्षेत्र

चुरोटमा प्रतिखिल्ली ५० पैसा, सुर्ती, खैनी, गुट्खा, पान मसलालगायतमा प्रतिकिलो ४० रुपैयाँका दरले स्वास्थ्य जोखिम कर बढेको छ। मदिरामा भने करको दर यथावत् छ।
 |  शुक्रबार, जेठ १६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ १६, २०७७

काठमाडौं– सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ को लागि १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट विनियोजन गरेको छ।

बिहीबार संघीय संसदको दुवै सदनमा अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट प्रस्तुत गरेका हुन्।

सरकारले बजेट मार्फत वार्षिक २० लाखसम्म कारोबार गर्ने साना व्यवसयाीलाई ७५ प्रतिशत, २० देखि ५० लाख रुपैयाँसम्म कारोबार गर्नेलाई ५० प्रतिशत र ५० लाखदेखि एक करोड रुपैयाँसम्म कारोबार गर्ने व्यवसायीलाई २५ प्रतिशत आयकर छुट दिने निर्णय गरेको छ।

लघुबीमामा लाग्दै आएको मूल्य अभिवृद्धिकर (भ्याट) खारेज गरिएको छ। औद्योगिक क्षेत्रभित्र स्थापना हुने विशेष उद्योगले ५ वर्षसम्म आयकरमा २५ प्रतिशत छुट पाउने भएका छन्।

सरकारले चुरोट, गुट्खालगायतमा स्वास्थ्य जोखिम कर बढाएको छ। चुरोटमा प्रतिखिल्ली ५० पैसा, सुर्ती, खैनी, गुट्खा, पान मसलालगायतमा प्रतिकिलो ४० रुपैयाँका दरले स्वास्थ्य जोखिम कर बढेको छ। मदिरामा भने करको दर यथावत् छ।

सुनमा लाग्ने भन्सार दर बढेको छ। विद्युतीय निजी सवारीसाधन आयातमा भन्सार दर बढाइएको भए पनि सार्वजनिक सवारीसाधनको रूपमा प्रयोग हुने विद्युतीय सवारीको दर स्थिर राखिएको छ।

सरकारले घरेलु तथा साना उद्योग, कृषि पशुपक्षी र मास्क उद्योगले आयात गर्ने कच्चा पदार्थ तथा मेसिन, कृषि उपकरण, बीउलगायतमा भन्सार महसुल घटाएको छ। १५ प्रतिशत वन पैदावार शुल्क खारेज भएको छ।

त्यसैगरी हवाई सेवा, यातायात सेवा, होटल, ट्राभल तथा ट्रेकिङ व्यवसायीले आगामी आवमा २० प्रतिशत कर छुट पाउने भएका छन्।
सिनेमा हललाई भ्याट विवरण दाखिला गर्ने अवधि चौमासिक बनाइएको छ।

औषधि उद्योगहरूलाई आवश्यक पर्ने कच्चा पदार्थ आयातमा भ्याट छुट दिइएको छ। औषधि उद्योगले स्वदेशमै कच्चा पदार्थ खरिद गरेमा तिरेको भ्याट फिर्ता दिने व्यवस्था गरिएको छ।

त्यस्तै, आयुर्वेदिक कच्चा पदार्थको भन्सार महसुल घटेको छ। सेनिटाइजरको कच्चा पदाथ, स्वदेशमै उत्पादन हुने इथानोल तथा पीपीईमा अन्तःशुल्क छुट दिइएको छ।

प्रकाशित: May 29, 2020| 12:23 शुक्रबार, जेठ १६, २०७७
प्रतिक्रिया दिनुहोस्