मंगलबार, असार ३०, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • अनलाइन चेस च्याम्पियनसिपको छनोट चरणबाटै बाहिरिए नेपाली खेलाडी

अनलाइन चेस च्याम्पियनसिपको छनोट चरणबाटै बाहिरिए नेपाली खेलाडी

नेपाली खेलाडी एसियन जुनियर बोइज एन्ड गर्ल्स अनलाइन चेस च्याम्पियनसिप २०२० को छनोट चरणबाट बाहिरिएका छन्।
 |  शुक्रबार, जेठ १६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ १६, २०७७

काठमाडौं– नेपाली खेलाडी एसियन जुनियर बोइज एन्ड गर्ल्स अनलाइन चेस च्याम्पियनसिप २०२० को छनोट चरणबाट बाहिरिएका छन्।

एसियन चेस महासंघको आयोजनामा भएको खेलमा नेपाली ६ खेलाडीले सहभागी भएकोमा सबै बाहिरिएको नेपाल चेस संघले जानकारी दिएको छ।

संघकी महिला कमिसन प्रमुख मोनालिसा खुम्बुका अनुसार च्याम्पियनसिप ३.२ जोन अन्तर्गत नेपाल, बंगलादेश, पाकिस्तान, श्रीलंका र मालदिभ्स रहेको समूहमा नेपालका तीन/तीन पुरुष र छात्रा गरि ६ खेलाडी सहभागी भएका थिए।

स्विस प्रणालीअन्तर्गत ९ चरणको खेलमा खुलातर्फ अबिश्रे श्रेष्ठ ४ अंक प्राप्त गरेर छैटौं स्थानमा रहे। यस्तै, ३.५ अंकसहित विवेक श्रेष्ठ सातौं र ३.५ अंकका साथै निकेन कुशथा दसौं स्थानमा रहँदै प्रतिस्पर्धाबाट बाहिरिए।

बंगलादेशका खेलाडी शीर्ष दुई स्थान रहँदा श्रीलंकाका खेलाडी तेस्रो भए।

त्यस्तै, छात्रातर्फ खुस्बु थापा सातौं, अनिशा न्यौपाने आठौं र कृतिसरा अधिकारी नवौं स्थानमा रहँदै प्रतिस्पर्धाबाट बाहिरिए।

थापा र न्यौपानेले समान ३.५ तथा अधिकारीले ३ अंक प्राप्त गरे। छात्रातर्फ शीर्ष तीन स्थानमा बंगालादेश, श्रीलंका र बंगलादेशका खेलाडी रहे।
पहिलो चरणमा शीर्ष तीन स्थानमा रहेका खेलाडी फाइनल चरणका लागि छनोट भएका छन्।

विजेतालाई एसियन जुनियर (छात्रा) अनलाइन चेस च्याम्पियनसिप २०२० घोषित गरिनुका साथै पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः नगद १ हजार ५ सय, १ हजार र ५ सय डलर तथा प्रमाणपत्र दिइनेछ।

यस्तै, महिलातर्फ पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः ७ सय ५०, ५ सय र २ सय ५० डलर नगद पुरस्कारसहित प्रमाण पत्र पाउनेछन्।

एशियन जुनियर अनलाइन चेस च्याम्पियसिपमा नेपालका ६ खेलाडी

प्रकाशित: May 29, 2020| 11:54 शुक्रबार, जेठ १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।