मंगलबार, असार ३०, २०८३

चीनबाट उपलब्ध सामग्री सरकारलाई हस्तान्तरण

कोरोना रोकथाम र व्यवस्थापनका लागि चीन सरकारले उपलब्ध गराएको मेडिकल सामग्री स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई हस्तान्तरण गरिएको छ।
 |  आइतबार, चैत १६, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, चैत १६, २०७६

काठमाडौं- कोरोना रोकथाम र व्यवस्थापनका लागि चीन सरकारले उपलब्ध गराएको मेडिकल सामग्री स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई हस्तान्तरण गरिएको छ।

ती सामग्री नेपालस्थित चिनियाँ राजदूत योङ हाङछीले मन्त्री ढकाललाई हस्तान्तरण गरेकी हुन्।

कोरोना भाइरसको परीक्षणका लागि आवश्यक पर्ने मेडिकल सामग्री सरकारी ध्वजाबाहक नेपाल एयरलाइन्सको जहाजले आइतबार काठमाडौं ल्याएको थियो।

ती सामग्री चिनियाँ दूतावास, सिचुवान प्रान्त, अलिबाबा फाउन्डेसन, ज्याक मा फाउन्डेसन, चाइना एमसीसी, सिचुवान हुसी ग्रुप र होंसी सिमेन्टले पठाएका हुन्। उपलब्ध गराइएका सामग्रीमा मास्क, चश्मा, थर्मोमिटर, टेस्ट किट्स, व्यक्तिगत सुरक्षा सामग्री, भेन्टिलेटर, क्वारेन्टाइन टेबुल छन्। 

नेपाल एयरलाइन्सको विमानले साढे १२ टन सामग्री ल्याएको थियो। 

प्रकाशित: Mar 29, 2020| 15:10 आइतबार, चैत १६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।