वीरगन्जस्थित नारायणी अस्पतालको ओपीडी सेवा सञ्चालन गरिने भएको छ। अस्पतालले विज्ञप्ति जारी गर्दै जतिसक्दो चाँडै ओपीडी सेवा सञ्चालनमा ल्याइने जनाएको छ।
अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. मदन कुमार उपाध्यायले तत्कालका लागि दैनिक २५ जना विरामीलाई सामाजिक दूरी कायम गर्दै सेवा सञ्चालनमा ल्याइने बताएका छन्।
अस्पतालको ओपीडी सेवामा रहेका सबै कोरोना संक्रमितहरु डिस्चार्ज भएको र बाँकी ९ जना कोरोना संक्रमित ५० बेड क्षमता भएको गण्डकस्थित अस्थायी नारायणी अस्पतालमा उपचार गराइरहेकाले सर्वसधारणको स्वास्थ्यलाई ध्यानमा राख्दै ओपीडी सेवा सुचारु गर्न लागिएको हो।
यसैगरी जनशक्तिको उपलब्धताको आधारमा आकस्मिक सेवा, आईसियू, एनआईसीयू, शल्यक्रिया लगायतको सेवा सञ्चालन गर्ने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट उपाध्यायले जानकारी गराएका छन्।
नारायणी अस्पताललाई लेभल २ कोभिड अस्पताल बनाएदेखि अस्पतालले प्रदेशभरीको उपचार गर्दै आएको थियो। आज ४ जना गरी हाल अस्थायी नारायणी कोभिड अस्पताललमा ९ जना कोरोना संक्रमित उपचार गराइरहेका छन्।