आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मध्यरातमा बालाजुमा मिनिट्रकको ठक्करबाट दुई युवाको मृत्यु

मध्यरातमा बालाजुमा मिनिट्रकको ठक्करबाट दुई युवाको मृत्यु

काठमाडौंको बालाजुमा बिहीबार मध्यराति मिनिट्रक र स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।
 |  शुक्रबार, जेठ १६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ १६, २०७७

काठमाडौं- काठमाडौंको बालाजुमा बिहीबार मध्यराति मिनिट्रक र स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

बा २ ख ५४८४ नम्बरको मिनिट्रक र ना ६५ प २००१ नम्बरको स्कुटर ठोक्किँदा घाइते भएका बझाङका २२ वर्षका लोकेन्द्र विष्ट र २५ वर्षका धनबहादुर बुढाको मृत्यु भएको हो ।

बुढाको ट्रमा सेन्टरमा र विष्टको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचारको क्रममा राति नै मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

मिनिट्रकको चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाका विषयमा अनुसन्धान भइराखेको प्रहरीले बताएको छ।

प्रकाशित: May 29, 2020| 08:36 शुक्रबार, जेठ १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।