आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सरकारी अक्षमताको प्रमाणको दस्तावेज हो बजेट : प्रतिपक्षी

सरकारी अक्षमताको प्रमाणको दस्तावेज हो बजेट : प्रतिपक्षी

सङ्घीय संसदमा बिहीबार प्रस्तुत बजेटलाई सत्तापक्षले कोरोनाको महामारीको चपेटामा परेका जनतालाई राहत दिने प्रगतिशील कार्यक्रम समेटिएको भन्दै समर्थन गरेको छ भने प्रतिपक्षीले भने सरकारको यो बजेट फितलो र अक्षमताको प्रमाणका रुपमा देखा परेको प्रतिक्रिया दिएको छ ।
 |  शुक्रबार, जेठ १६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ १६, २०७७

सङ्घीय संसदमा बिहीबार प्रस्तुत बजेटलाई सत्तापक्षले कोरोनाको महामारीको चपेटामा परेका जनतालाई राहत दिने प्रगतिशील कार्यक्रम समेटिएको भन्दै समर्थन गरेको छ भने प्रतिपक्षीले भने सरकारको यो बजेट फितलो र अक्षमताको प्रमाणका रुपमा देखा परेको प्रतिक्रिया दिएको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता डा मिनेन्द्र रिजालले आवश्यकताको पहिचान र प्राथमिकता निर्धारण गर्न नसकेको अक्षमताको प्रमाणको दस्तावेजका रुपमा बजेट वक्तव्यको आएको प्रतिक्रिया दिए।

उनले भने, “दुई तिहाई जनमतको बलशाली सरकारले विशिष्ट परिस्थिति र कठिनाइमा नयाँ दृष्टिकोणबाट बजेट तर्जुमा गर्नुपर्नेमा त्यसमा चुकेको छ । नेपाली जनताले आगामी दिनमा दुःख नपाओस् भन्ने पाटोमा साझा भावनाबाट बजेट आउनुपर्थ्यो, त्यो भएन ।”

समाजवादी पार्टी सङ्घीय परिषद्का अध्यक्ष एवं पूर्वअर्थमन्त्री डा बाबुराम भट्टराईले मुुलुकको अहिलेको समस्यालाई सम्बोधन गर्नुपर्नेमा विगतदेखि नै कार्यान्वयन हुन नसकेका स–साना योजनालाई कनिका छरे झैं रकम छर्ने कामले समस्या सम्बोधन नगर्ने बताए। उनले भने, “कार्यान्वयनका लागि जुन खाले सुधारको खाँका आउनुपर्थ्यो, त्यो भएन। अहिलेको समस्या समाधान गर्न विशिष्ट ढङ्गबाट बजेट आउनु पर्दथ्यो, जसले गर्दा पुरानै ढङ्गबाट आयो, क्यान्सरको रोगलाई सामान्य झारफुक गर्ने जस्तो भयो ।”

पूर्वअर्थमन्त्री एवं कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले अहिलेको आवश्यकता अनुरुपको प्राथमिकीकरण गर्न नसकेको, कनिका छरे झैँ बजेट विनियोजन गरिएकाले आश्वासनको पुलिन्दाका रुपमा बजेट देखिएको प्रतिक्रिया दिए ।

नेपाली कांग्रेसका नेता गगन थापाले सरकारले खर्च जुटाउने र खर्च गर्ने सङ्कल्प र सोच बजेटमा जसरी राखेको र त्यो सम्भव नभएको बताए।

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता राजेन्द्र लिङ्देनले अनुमान, अनुदान र विदेशी ऋणमा आधारित भएकाले बजेट कार्यान्वयनमा चुनौती रहने र लक्ष्य हासिल गर्न कठिन हुने प्रतिक्रिया दिए।

 

प्रकाशित: May 29, 2020| 07:09 शुक्रबार, जेठ १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।