पूर्वी नवलपरासीको देबचुलीमा २ जना कोरोना संक्रमित थपिएका छन् ।
उनीहरु देवचुली नगरपालिका १५ र ११ वस्ने बर्ष २१ र वर्ष १९ का पुरुष रहेको भरतपुर अस्पतालले जानकारी दिएको छ ।
अस्पतालको आधिकारिक फेसबुक पेजमा उल्लेख भए अनुसार उनीहरु गत जेष्ठ १० गते भारतवाट आई देवचुलीको क्वारेनटाईनमा बसेका व्यक्ति हुन् ।
साथै उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मिको निगरानीमा रहेको पनि अस्पतालले जनाएको छ ।