आइतबार, भदौ ७, २०८३

अझै लगातार तीन दिनसम्म मेघ गर्जनसहित वर्षा हुने

पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण केहि दिन यता दिनहुँजसो हुँदै आएको वर्षा अझै तीन दिनसम्म हुने भएको छ।
 |  शुक्रबार, जेठ १६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ १६, २०७७

काठमाडौं- पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण केहि दिन यता दिनहुँजसो हुँदै आएको वर्षा अझै तीन दिनसम्म लगातार हुने भएको छ।

ठाउँ ठाउँमा चट्याङ र हावाहुरीसहित वर्षा हुने मौसमपूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज (शुक्रबार) देशैभर वर्षाको सम्भावना रहेपनि मध्य र पूर्वी पहाडी क्षेत्रमा बढि वर्षा हुने देखिएको छ ।

काठमाडौं उपत्यकामा पनि बिहानैदेखि वर्षा भइराखेको छ । यो क्रम अझै तीन दिनसम्म जारी रहने चल्ने मौसमविद्हरुले बताएका छन् । अहिले प्री मनसुन सक्रिय भएकाले ठाउँ ठाउँमा चट्याङ र हावाहुरीसहित वर्षा हुनसक्ने उनीहरुको भनाइ छ ।

यो वर्ष प्री मनसुन अघिल्ला वर्षहरुको तुलानामा अधिक वर्षा भएको छ । बैशाख महिनामा मात्रै अघिल्लो वर्षको भन्दा ४० प्रतिशत बढि पानी परेको छ ।

जेठमा पनि अघिल्लो वर्षको भन्दा धेरै वर्षा भएको छ । यो वर्ष मनसुनमा भने औसत मात्रै वर्षा हुने मौसमपूर्वानुमान महाशाखाले अनुमान गरेको छ ।

यस्तो हुनेछ आगामी तीन दिनको मौसम

जेठ १६ गते (शुक्रबार)

दिउँसोः देशभर सामान्य बदली रहनेछ। देशका केहि स्थानहरुमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

राति: देशको पुर्वी तथा मध्य भू-भाग लगायत पश्चिमी पहाडी भू-भागहरुमा सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहनेछ । पुर्वी र मध्य भू-भाग लगायत पश्चिमी पहाडी भू-भागका केहि स्थानहरुमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

जेठ १७ गते (शनिबार)

दिउँसोः देशको पुर्वी र पश्चिमी भू-भाग लगायत मध्य पहाडी भू-भागहरुमा सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहनेछ।देशका केहि स्थानहरुमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

राति: बाँकी भू-भागमा आंशिक बदली रहनेछ।देशका पहाडी भू-भागका केहि स्थानहरुमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

जेठ १८ गते (आइतबार)

दिउँसोः देशको पहाडी भू-भागहरुमा सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहनेछ।पहाडी भू-भागका केहि स्थानहरुमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

राति: देशको पश्चिमी भू-भागहरुमा सामान्य बदली साथै मध्य तथा पुर्वी पहाडी भू-भागमा आंशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेको छ।

प्रकाशित: May 29, 2020| 06:25 शुक्रबार, जेठ १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।