आइतबार, भदौ ७, २०८३

धनुषा नाकाबाट नेपाल प्रवेश बन्द

जिल्ला प्रशासन कार्यालयले धनुषा नाकाबाट भारतबाट आउने नेपालीहरुको प्रवेश बन्द गरेको छ।
 |  शुक्रबार, जेठ १६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ १६, २०७७

जिल्ला प्रशासन कार्यालयले धनुषा नाकाबाट भारतबाट आउने नेपालीहरुको प्रवेश बन्द गरेको छ।

गृह मन्त्रालयले जारी गरेको नेपाली नागरिकहरुलाई स्वदेश आउन सहजीकरण गर्ने सम्बन्धी आदेश,२०७७ मा धनुषाको कुनै नाका नपरेकोले जिल्ला प्रशासन कार्यालयले विहिबारदेखि प्रवेश बन्द गरेको हो।

धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले गृह मन्त्रालयले जारी गरेको आदेशमा धनुषाको कुनै नाका नपरेपछि यसअघि भइरहेको प्रवेशलाई बन्द गरिएको जानकारी दिए।

यसअघि भारतमा रहेका नेपालीलाई स्वदेश भित्र्याउन धनुषाको जटही र खजुरी नाका खुला गरिएको थियो। धनुषाको मुख्य नाका जटही १ जेठदेखि खुला गरिएको थियो भने दुई दिनअघि खजुरी नाका सञ्चालनमा ल्याएको थियो।

धनुषाका नाकाहरु बन्द गरे पनि प्रदेश २ को सप्तरी, सिरहा, महोत्तरी, सर्लाही, रौतहट र पर्सा नाकाबाट स्वदेश आउन चाहने नेपालीहरुका लागि केही नाका खुला गरेको बताइएको छ।

सप्तरीको कुनौली, सिरहाको माडर, सर्लाहीको सोनवर्षा, रौतहटको गौर र पर्साको वीरगंज नाकाबाट नेपालीहरुलाई स्वदेश फर्किन सक्ने गरि आदेश जारी भएको निरौलाले बताए।

'नेपालीलाई स्वदेश फर्काउन जारी भएको आदेशमा धनुषाको नाका परेको छैन्, आदेशमा नपरेपछि यताबाट प्रवेश बन्द गरौका छौं,' प्रमुख जिल्ला अधिकारी निरौलाले भने, 'अन्य जिल्लाका केही नाकाहरुबाट अनुमति दिइएको छ, आउन चाहने धनुषाका नागरिकपनि उतैबाट आउनुपर्ने भयो।'

भारतमा अलपत्र परेका नेपालीहरुलाई स्वदेश फिर्ता ल्याउन जिल्ला प्रशासन कार्यालयले सहजीकरण गर्ने निर्णय भएसँगै धनुषाको जटही नाकाबाट मात्रै पाँच हजारभन्दा बढी नेपाली भित्रिएका छन्।

प्रकाशित: May 29, 2020| 06:20 शुक्रबार, जेठ १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।