आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • स्वास्थ्य क्षेत्रको बजेट डब्ल्युएचओको मापदण्ड विपरीत

स्वास्थ्य क्षेत्रको बजेट डब्ल्युएचओको मापदण्ड विपरीत

आगामी आर्थिक वर्ष २०७७/०७८ को लागि सरकारले १४ खर्ब, ७४अर्ब, ६४ करोड बजेट छुट्याएको छ।
 |  बिहीबार, जेठ १५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १५, २०७७

काठमाडौं- आगामी आर्थिक वर्ष २०७७/०७८ को लागि सरकारले १४ खर्ब, ७४अर्ब, ६४ करोड बजेट छुट्याएको छ।

जसमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ९० अर्ब ६९ करोड बजेट छुट्याएको छ। गत वर्षभन्दा २२ अर्ब ९ करोड बढी हो ।

गत वर्ष ६८ अर्ब ७८ करोड विनियोजन गरिएको थियो। विश्व स्वास्थ्य संगठनका अनुसार कुल बजेटको कम्तीमा १० प्रतिशत बजेट स्वास्थ्य क्षेत्रमा छुट्याउनुपर्ने छ।

तर सरकारले यस वर्ष पनि विश्वस्वास्थ्य संगठनको मापदण्डअनुरुप बजेट विनियोजन गर्न सकेन।

सरकारले विनियोजन गरेको बजेटको आधारमा स्वास्थ्य क्षेत्रमा १ खर्ब ४७ अर्ब, ४६ करोड, ४० लाख विनियोजन हुनुपर्नेमा जम्मा ९० अर्ब ६९ करोड विनियोजन गरिएको छ। यो कुल बजेटको ६ दशमलव १५ प्रतिशत रहेको छ।

सरकारले यो वर्षको बजेटमा मुख्य गरी संक्रामक रोगहरूको उपचार नियन्त्रण र अनुसन्धानलाई जोड दिएको छ।

कोरोना संक्रमितहरुको उपचारका लागि ६ अर्ब छुट्याइएको छ भने संक्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मीहरूको लागि ५ लाखको बिमाको व्यवस्था गरिएको छ।

स्वास्थ्य क्षेत्रको पूर्वाधारको लागि १२ अर्ब ६६ करोड रुपैयाँ विनियोजन गरिएको छ।

प्रकाशित: May 28, 2020| 18:47 बिहीबार, जेठ १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।