काठमाडौं– सरकारले आगामी आर्थिक वर्षको लागि विदेश भ्रमण, सवारी साधन खरिद, सेमिनार, गोष्ठीलगायतमा बजेट कटौती गरेको छ।
अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै जोखिम र अत्यावश्यक बाहेक सार्वजनिक र सरकारी सेवामा कार्यरत कर्मचारीको भत्ता समेत खारेज भएको जानकारी दिए।