काठमाडौं- सरकारले भूकम्पबाट क्षतिग्रस्त संरचनाको निर्माण आगामी आवभित्र सक्ने भएको छ।
रानीपोखरी, धराहरा, सिंहदरबारको मूल भवनलागयत विभिन्न सम्पदा तथा, भूकम्प प्रभावित जिल्लाका विद्यालय भवन, निजी आवास भवन निर्माणका लागि ५५ अर्ब रुपैयाँ विनियोजन गरिएको र पुनर्निर्माण आगामी वर्षभित्रै सकिने अर्थमन्त्री डा. खतिवडाले बताए।