काठमाडौं– सरकारले नारायणी, कोशी र कर्णाली नदीमा जल यातायात सञ्चालको लागि सम्भाव्यता अध्ययन गर्ने भएको छ।
आगामी आवको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले पानीजहाज सञ्चालको लागि आवश्यक कानुन तर्जुमा गर्ने तयारी भएको बताएका छन्।
नेपालको ध्वजाबाहक पानीजहाजको भारतको आन्तरिक जलमार्गको प्रयोग गर्ने उनको भनाइ छ।
आगामी आवको लागि सरकारले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको लागि १ खर्ब ३८ अर्ब ८० करोड बजेट विनियोजन गरिएको छ।