मंगलबार, असार २३, २०८३

टस हारेर अमेरिकाविरुद्ध बलिङ गर्दै नेपाल

नेपाल र अमेरिकाबीच ओमनमा त्रिकोणात्मक शृंखला अन्तर्गतको पहिलो खेल सुरु हुँदैछ। आज सोमबार पहिलो खेलमा नेपालले अमेरिकाको सामना गर्नेछ।
 |  सोमबार, भदौ २८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २८, २०७८

काठमाडौं– नेपाल र अमेरिकाबीच ओमनमा त्रिकोणात्मक शृंखला अन्तर्गतको पहिलो खेल सुरु हुँदैछ। आज सोमबार पहिलो खेलमा नेपालले अमेरिकाको सामना गर्नेछ। 

नेपालले टस हारेर बलिङ गर्ने निम्तो पाएको छ। नेपालले पछिल्लो खेलमा पपुवा न्युगिनीसँग खेलाएको टिमले नै आजको खेलमा पनि निरन्तरता पाएको छ। नेपालको कप्तानी ज्ञानेन्द्र मल्लले गर्नेछन् भने अमेरिकाको कप्तानी सौरभ नेत्राभल्करले गर्नेछन्। 

पछिल्लो समय २०७६ मा नेपालमा त्रिकोणात्मक सिरिज भएपछि अन्य सिरिज आयोजना भएका छैनन्। यसकारण त्यो सिरिजमा लगातार चार खेलमै जित निकालेको ओमन १६ अंकका साथ शीर्षस्थानमा छ। त्यस्तै, १२ अंक बनाएको अमेरिका दोस्रोस्थानमा छ। ओमनले १० खेल खेलेको छ भने अमेरिकाले सबैभन्दा धेरै १२ खेल खेलेको छ। 

आठ अंक खेल खेलेर नौ अंक बनाएको स्कटल्यान्ड र सात खेलबाट आठ अंक भएको नामिबिया तेस्रो र चौथो स्थानमा छन्। त्यस्तै, यूएईले पनि सात खेल खेलेको छ। जसबाट उसले सात अंक जोडेको छ। चार खेलबाट चार अंक जोडेको नेपाल पुछारबाट दोस्रो स्थानमा छ भने आठ खेलमा अंकविहिन पपुवा न्युगिनीको शून्य अंक छ।


प्रकाशित: Sep 13, 2021| 16:12 सोमबार, भदौ २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।