काठमाडौं– सरकारले गरिब तथा विपन्न वर्गलाई निःशुल्क विद्युत जडानको सुविधा दिने भएको छ।
त्यसको लागि ४ अर्ब रूपैयाँ विनियोजन गरिएको अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी गराएका छन्।
राष्ट्रिय ग्रेड नपुगेका ९७ स्थानीय तहमा २०० वटा सौर्य मिनी ग्रेडमार्फत विद्युत वितरण गर्ने सरकारी तयारी छ।