काठमाडौं- सरकारले आउँदो बजेटमा शिक्षा क्षेत्रलाई उच्च महत्त्व दिएको छ।
आज जारी भइरहेको बजेटमा सरकारले छात्रवृत्ति दिन २ अर्ब ६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।
त्यस्तै, विज्ञान र गणित शिक्षक अभावलाई पूर्ती गर्न स्वयंसेवक शिषक खटाइने भएको छ।
निःशुल्क पुस्तक वितरण गर्न सरकारले २ अर्ब ७६ करोड विनियोजन गरेको छ।