आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • स्वास्थ्य मन्त्रालयलाई ९० अर्ब ६९ करोड बजेट, के के विषय समेटिए ?

स्वास्थ्य मन्त्रालयलाई ९० अर्ब ६९ करोड बजेट, के के विषय समेटिए ?

सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई लागि ९० अर्ब ६९ करोड बजेट विनियोजन गरेको छ।
 |  बिहीबार, जेठ १५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १५, २०७७

काठमाडौं- सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई लागि ९० अर्ब ६९ करोड बजेट विनियोजन गरेको छ।

आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले सो बजेट छुट्याएका हुन्।

बजेटले कुन कुन विषयलाई समेट्यो?

१. कोरोना संक्रमण नियन्त्रण तथा उपचारका लागि तत्काल आवश्यक पर्नसक्ने औषधि, उपकरण तथा उपचार सामग्री कम हुन नदिन ६ अर्ब बजेट छुट्याइएको छ।

२. चिकित्सक स्वास्थ्यकर्मी तथा प्रयोगशालमा काम गर्ने कर्मचारीका लागि व्यक्तिगत सुरक्षाका उपकरण सहित प्रोत्साहन भत्ताको व्यवस्था गरिएको छ।

३. कोरोनालगायत अन्य संक्रामक रोग विरुद्ध कार्य गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीलाई ५ लाखसम्मको निःशुल्क स्वास्थ्य विमा गर्ने व्यवस्था गरिएको छ।

४. आगामी वर्ष काठमाडौं उपत्यकामा ३ सय शैयाको सरुवारोग अस्पताल निर्माण, काठमाडौं उपत्यका र प्रदेशका सरकारी अस्पतालमा थप २ सय ५० शैयाका आइसीयु बेड स्थापना र सबै प्रदेशको राजधानीमा ५० शैयाको सरुवा रोग अस्पताल सञ्चालको लागि बजेट छुट्याइएको छ।

५. स्वास्थ्य विकास पूर्वाधारका लागि १२ अर्ब ४६ करोड विनियोजन गरिएको छ।

६. राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालको विस्तार गरि अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप बनाइनेछ। साथै सबै प्रदेशमा अत्याधुनिक प्रयोगशाला स्थापना गरिनेछ।

७. सबै स्थानिय तहमा ५ देखी १५ शैयासम्मका आधारभुत अस्पताल निर्माणका लागि आगामी बर्ष थप २ सय ७२ अस्पताल स्थापना गर्न १४ अर्ब २७ करोड बजेट विनियोजन गरिएको छ।

८. एक चिकित्सक एक स्वास्थ्य सेवाको व्यवस्था गरिएको छ।

९. स्थानीय तहका स्वास्थ्य संस्थामा चिकित्सको व्यवस्था गरी नसर्ने रोगको जाँचसहितको आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउन ५ अर्ब १० करोड विनियोजन गरिएको छ।

१०. स्वास्थ्य बिमा कार्यक्रममा ७ अर्ब ५० करोड विनियोजन गरिएको छ।

११. विभिन्न नागरिकलाई घातक रोग तथा जेष्ठ नागरिक तथा बालबालिकाको मुटुको निशुल्क उपचार गर्न र क्षयरोग, एड्स तथा यौनरोग, कुष्ठरोग नियन्त्रण गर्न ४ अर्ब २२ करोड विनियोजन गरिएको छ।

१२. केन्द्रीय अस्पतालबाट गरिब तथा विपन्न बर्गलाई प्रारम्भीक चरणको आकस्मिक स्वास्थ्य सेवा निशुल्क गरिएको छ।

१३. मुलुकभरका ५२ हजार महिला स्वास्थ्य स्वयंसेविकाको परिवारलाई उपलब्ध गराउँदै आएको निशुल्क स्वास्थ्य बिमालाई निरन्तरता दिइएको छ। साथै स्वयंसेविकाको यातायात खर्चमा दोब्बर गरिएको छ।

१४. कान्ति बाल अस्पतालमा आइसियु सहितको स्वास्थय पूर्वाधार गरी उच्च शिक्षा अध्यायन गर्ने उत्कृष्ट केन्द्रको रुपमा विकास गर्न, सहिद गंगालाल हृदयरोग केन्द्रमा बाल मुटुरोग उपचार सुविधा सुरु गर्न तथा थप उपकरण खरिद गर्न र भवन निर्माणको लागि बजेट छुट्याइएको छ।

१५. राजमार्गका बढी दुर्घटना हुने क्षेत्रमा ट्रमा सेन्टरको स्थापनाको लागि बजेट विनियोजन गरिएको छ।

१६. स्वास्थ्य सेवाको विद्यमान दरबन्दीलाई पुनरावलोकन गरी स्वास्थ्यकर्मीको संख्या थप गर्न सेन्टर फर डिजिज कन्ट्रोल, फुड एण्ड ड्रग एडमिनिस्ट्रसन र राष्ट्रिय स्वास्थ्य प्रत्यायन प्राधिकरण स्थापनका लागि प्रारम्भिक कार्यका लागि बजेट छुट्याइएको छ।

आगामी वर्ष नेपाललाई पूर्ण खोपयुक्त बनाउन बजेट विनियोजन गरिएको छ।

प्रकाशित: May 28, 2020| 17:36 बिहीबार, जेठ १५, २०७७
प्रतिक्रिया दिनुहोस्