सरकारले उद्योग व्यवसायको पुनरुत्थान र सहुलियतपूर्ण कर्जालगायतका कार्यक्रमका लागि बैंक तथा वित्तीय संस्थालाई १३ अर्ब ९६ करोड रुपैयाँ बजेट छुट्याएको छ।
अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा आगामी आर्थिक वर्षको लागि बजेट प्रस्तुत गर्दै बैंक तथा वित्तीय संस्थाबाट जारी हुने सहुलियतपूर्ण कर्जा पाँच प्रतिशत पाइने पनि जानकारी दिए ।
त्यस्तै सहु्लियतपूर्ण कर्जाको बीमा, कर्जा सुरक्षणका लागि चाहिने रकमको ५० प्रतिशत रकम सरकारले व्यहोर्ने व्यवस्था गरेको पनि अर्थमन्त्री डा. खतिवडाले जानकारी दिए ।