काठमाडौं– सरकारले आगामी आर्थिक वर्षमा देशभरका विद्यालयमा दिवा खाजाको व्यवस्था गर्ने भएको छ।
यसको लागि ७ अर्ब ५२ करोड बजेट विनियोजन गरिएको अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी गराएका छन्।
यो कार्यक्रमबाट २८ लाख बालबालिका लाभान्वित हुने अर्थमन्त्रीको भनाइ छ। यसअघि ४३ जिल्लामा मात्रै दिवा खाजा कार्यक्रम थियो।