काठमाडौं– सरकारले आगामी आर्थिक वर्षभित्र नेशनल पेमेट गेटवे सञ्चालन गर्ने भएको छ।
भुक्तानी प्रणालीलाई सहज बनाउने उक्त प्रणालीले विदेशबाट पैसा पठाउँदासमेत शुल्क लाग्ने छैन।
यसअघि विदेशबाट आफ्नो बैंक खातामै पैसा जम्मा गर्दा पनि निश्चित शुल्क तिर्नुपर्थ्यो।