आइतबार, भदौ ७, २०८३

बलात्कारको आरोप लागेका पूर्व डिएसपी कारागार चलान

कार्यकक्षमै युवतीमाथि बलात्कार गरेको आरोप लागेका नेपाल प्रहरीका पूर्व डीएसपी राजकुमार खिउजु कारागार चलान भएका छन्।
 |  बिहीबार, जेठ १५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १५, २०७७

काठमाडौं- कार्यकक्षमै युवतीमाथि बलात्कार गरेको आरोप लागेका नेपाल प्रहरीका पूर्व डीएसपी राजकुमार खिउजु कारागार चलान भएका छन्।

बिहीबार भएको थुनछेक बहसमा ललितपुर जिल्ला अदालतले खिउजुलाई पूर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको स्रेस्तेदार नगेन्द्रकुमार कलाखेतीले जानकारी दिए।

महानगरीय प्रहरी वृत चापागाउँको इन्चार्ज रहेका बेला चारीत्रिक प्रमाणपत्र बनाउन आएकी सेवाग्राही युवतीलाई २०६५ माघ ३० गते बलात्कार गरेको आरोप लागेको छ।

खिउजुले एक सेवाग्राहीलाई कार्यालयमै बलात्कार गरेको आरोपमा मुद्दा दर्ता भएको थियो।

खिउजुलाई महानगरीय प्रहरी परिसर ललितपुरले लुकिछिपी बसेको अवस्थामा गत फागुन २१ गते भक्तपुरबाट पक्राउ गरेको थियो। उनले गत मंसिरमा राजीनामा दिएका छन्।

प्रकाशित: May 28, 2020| 17:14 बिहीबार, जेठ १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।