आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सबै स्थानीय तहको डाटाबेसका लागि १ अर्ब ७३ करोड विनियोजन

सबै स्थानीय तहको डाटाबेसका लागि १ अर्ब ७३ करोड विनियोजन

काठमाडौं– सरकारले सबै स्थानीय तहको डाटाबेस निर्माणका लागि एक अर्ब ५३ करोड विनियोजन गरेको छ।
 |  बिहीबार, जेठ १५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १५, २०७७

काठमाडौं– सरकारले सबै स्थानीय तहको डाटाबेस निर्माणका लागि एक अर्ब ७३ करोड विनियोजन गरेको छ।

भूउपयोग नक्सा र डाटाबेस सम्बन्धी कार्य यही आर्थिक वर्षमा सकिने गरी सरकारले बजेट ल्याएको हो। नापजाँच गर्न छुटेका ठाउँमा पनि यही वर्ष सम्पन्न गरिने छ।

भूमिको दिगो उपयोगको सुनिश्चित गर्न, औद्योगिक कार्यक्रम र सामाजिक जग्गालाई सुधार गर्नका लागि यो कार्यक्रम ल्याइएको हो।

जसमा उत्पादनशिल जमिनको खण्डिकरणलाई निरुत्साहित गरिने छ। सरकारी, सामूदायिक र गूठी जग्गाको संरक्षण गरिने छ।

भू सूचना संकलन, विश्लेषण र उपयोगका लागि सबै स्थानिय तहको भू उपयोग नक्सामा सरकारले ध्यान दिएको बजेटमा उल्लेख छ।

प्रकाशित: May 28, 2020| 17:07 बिहीबार, जेठ १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।