आइतबार, भदौ ७, २०८३

साना किसान विकास बैंकलाई ३ अर्ब ६० करोड

सरकारले साना किसान विकास बैंकलाई रु. ३ अर्ब ६० करोड रुपैयाँ बजेट छुट्याएको छ।
 |  बिहीबार, जेठ १५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १५, २०७७

काठमाडौं- सरकारले साना किसान विकास बैंकलाई रु. ३ अर्ब ६० करोड रुपैयाँ बजेट छुट्याएको छ।

सो बैंक मार्फत सरकारले एक हजार सहकारीमा ऋण प्रवाह गरी विदेशमबाट फर्केका नेपाली युवामा ऋण प्रवाह हुने विश्वास लिएको छ।

चालू आर्थिक वर्षको लागि सरकारले साना किसान बैंकको लागि रु. १ अर्ब रुपैयाँ अनुदान दिएको थियो।

त्यस्तै अन्य सहकारीमार्फत पनि युवाहरुलाई घरेलु तथा साना उद्योग स्थापनाको लागि कर्जा प्रबाह गर्ने व्यवस्था मिलाएको अर्थमन्त्री डा.युवराज खतिवडालवे जानकारी दिए।

त्यस्तै सहकारी अभियानालाई अगाडी बढाउनका लागि स्व नियमन र स्वअनुगमनका लागि प्राथमिकता दिइने र सवै प्रकारका उत्पादन भन्डार र वितरणसम्म पहुँच पुर्याउन थोक उपभोक्ता सहकारी संस्था स्थापना गरिने व्यवस्था गरिएको छ।

प्रकाशित: May 28, 2020| 17:05 बिहीबार, जेठ १५, २०७७
प्रतिक्रिया दिनुहोस्