प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमको बजेट ४ अर्ब ८८ करोडले घटेको छ भने रासायनिक मल खरिदको लागि अनुदान भने २ अर्बले बढेको छ ।
आगामी आर्थिक वर्षको लागि सरकारले प्रधानमन्त्री कृषि आधु्निकीकरण परियोजना पुनर्सरचना गरी विस्तारको लागि जम्मा ३ अर्ब २२ करोडमात्र छुट्याएको छ । चालु आर्थिक वर्षको लागि ८ अर्ब १० करोड रुपैयाँ छुट्याएको थियो ।
त्यस्तै सरकारले रासायनिक मल खरिदको अनुदानका लागि २ अर्ब रुपैयाँ बजेट बढाएको छ ।
आगामी आर्थिक वर्षको लागि सरकारले रासायनिक मल खरिद गर्न ११ अर्ब रुपैयाँ बजेट छ्ट्याएको छ । चालु आर्थिक वर्षमा सरकारले रासायनिक मलका लागि ९ अर्ब रुपैयाँ छुट्याएको थियो ।