काठमाडौं- डा. खतिवडाले आगामी वर्ष मुलुक दूध, तरकारी र मासुमा आत्मनिर्भर हुने गरी कार्यक्रम लागू गरिने बताए। उनले चैते धान र वसन्ते मकै खेतीलाई प्राथमिकता दिइने जानकारी दिए।
यस्तै एक स्थानीय तहमा एक उत्पादन पकेट क्षेत्र, प्रत्येक स्थानीय तहमा एक कृषि पकेट क्षेत्र बनाइने बताए। यसका लागि ३ अर्ब २२ करोड विनियोजन गरिएको छ।