काठमाडौं- सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमको लागि रु. ११ अर्ब ६० करोड विनियोजन गरेको छ।
गत वर्ष यो कार्यक्रमका लागि रु. ५ अर्बमात्र विनियोजन गरिएको थियो।
कोरोना भाइरसको महामारीका कारण रोजगार गुमाएकालाई लक्षित गरी थप २ लाख रोजगारी सिर्जना गर्न बजेट बढाइएको आगामी आवको बजेट प्रस्तुत गर्दै प्रधानमन्त्री रोजगार कार्यक्रमलाई थप विस्तार गरिएको अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी गराए।
यो कार्यक्रम स्थानीय सरकारको समन्वयमा सञ्चालन गरिनेछ।
२०७५ सालमा सुरु भएको सो कार्यक्रम अत्यधिक विवादित भएको थियो।
२ अर्ब रुपैयाँबाट सुरु भएको कार्यक्रममा पहिलो वर्षमा श्रम तथा रोजगार मन्त्रालयले झारपात उखलेर सकेको थियो।
तर यो बर्षभने कोभिड १९ को कारण लकडाउन भएकोले सरकारले सो रकम अनौपचारिक क्षेत्रका कामदारलाई सार्वजनिक काम लगाएर सो कार्यक्रमको बजेट खर्च गरिरहेको छ