सरकारले निरोगी नेपाल अभियान अघि बढाउन आयुर्वेदलाई प्रवर्द्धन गर्ने भएको छ।
रोग प्रतिरोधक क्षमता बढाउन आरोग्य तथा योग केन्द्र बनाइने
सरकारको घोषणा छ। आगामी आवको बजेटमा यो घोषणा गरिएको हो। निजी क्षेत्रका अस्पतालको प्रभावकारी अनुगमन गरिनेछ।
नेपाल औषधि लिमिटेडको क्षमता विस्तार गरिने, महिला स्वास्थ्य स्यवंसेविकाको भत्ता दोब्बर बनाउने र परिवारको बिमा गरिनेछ।
स्वास्थ्य मन्त्रालयका लागि ९० अर्ब ६९ करोड बजेट छ्ट्याइएको छ।