मंगलबार, चैत ५, २०८१

नेपाल–भारत सुरक्षा अधिकारीहरुको बैठक जनकपुरमा

नेपाल–भारत सीमा क्षेत्रको सुरक्षा व्यवस्था थप सुदृढ बनाउने निर्णयसहित जनकपुरधाममा नेपाल र भारतका सुरक्षा अधिकारीहरुको संयुक्त बैठक सम्पन्न भएको छ।
 |  सोमबार, भदौ २८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २८, २०७८

जनकपुरधाम– नेपाल–भारत सीमा क्षेत्रको सुरक्षा व्यवस्था थप सुदृढ बनाउने निर्णयसहित जनकपुरधाममा नेपाल र भारतका सुरक्षा अधिकारीहरुको संयुक्त बैठक सम्पन्न भएको छ।

health

भारतको विहार राज्यको सीमावर्ती मधुवनी जिल्लामा हुन लागेको ग्रामपञ्चायत चुनावलाई ध्यानमा राख्दै सुुरक्षा व्यवस्था थप सुदृढ बनाउँदै चुनावभन्दा ४८ घण्टा अगाडि सीमा सिल गर्ने निर्णय बैठकले गरेको छ। मधुवनी जिल्लामा सेप्टेम्बर २९ तारिखबाट ग्रामपञ्चायतको चुनाव हुन लागेको हो। 

११ चरणमा हुन लागेको चुनावलाई निश्पक्ष, तटस्थ तथा धाँधली रहित बनाउनका लागि नेपालबाट पूर्ण सहयोग हुने विश्वास नेपाली सुरक्षाकर्मीले भारतीय पक्षलाई दिलाएका छन्। नेपाली सुरक्षा अधिकारीहरुले सीमावर्ती भारतीय क्षेत्रबाट नेपाल तर्फबाट लागु औषधीको ओसारपसार बढेको र नेपालमा अपराध गरेर भारतीय क्षेत्रमा अपराधीहरु लुकेर बस्ने गरेको विषयमा भारतीय सुरक्षा अधिकारीहरुलाई ध्यानाकर्षण गराएका थिए।

बैठकमा अवैध सामान ओसार पसारमा थप सुरक्षा सतर्कता अपनाउने विषयमा दुवै देशका सुरक्षा अधिकारीहरु सकारात्मक रहेको धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले जानकारी दिए। साथै भारतीय पक्षले नेपाली सुरक्षा अधिकारीबाट हुँदै आएको सहयोगको उच्च प्रशंसा समेत गरे ।

बैठकमा धनुषा, महोत्तरी, सिरहा र सप्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु, नेपाल प्रहरीका प्रहरी उपरीक्षकहरु, सशस्स्त्र प्रहरी उपरीक्षकहरु, राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरु तथा भारतका तर्फवाट विहार दरभंगाका डिभिजनल कमिश्नर डा मनिष कुमार, मधुवनी जिल्लाका डिएम अमित कुमार, मधुवनीका प्रहरी उपरीक्षक सत्यप्रकाश, एस।एस।वि।का प्रमुख सहितका सुरक्षा अधिकारीहरुको सहभागिता रहेको थियो। 

प्रकाशित: Sep 13, 2021| 15:36 सोमबार, भदौ २८, २०७८
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।