आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • 'नयाँ नक्सा, राष्ट्रियता र देशभक्तिको अडानबारे भ्रममा नपराैं'

'नयाँ नक्सा, राष्ट्रियता र देशभक्तिको अडानबारे भ्रममा नपराैं'

नेपाली कांग्रेसले संविधान संशोधन प्रस्ताव अघि बढाउन पार्टीले अवरोध नगरेको स्पष्ट पारेकाे छ।
 |  बिहीबार, जेठ १५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १५, २०७७

काठमाडाैं- नेपाली कांग्रेसले संविधान संशोधन प्रस्ताव अघि बढाउन पार्टीले अवरोध नगरेको स्पष्ट पारेकाे छ। 

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार पत्रकार सम्मेलन गरी संविधान संशोधनका विषयमा सहमत रहेको र गुमेको भूमि फिर्ता ल्याउने पक्षमा रहेको बताए। यसबारे पार्टी केन्द्रीय समितिको बैठकले निर्णय गर्ने उनको भनाइ छ।

प्रवक्ता शर्माले १७ गते बस्ने केन्द्रीय समिति बैठकबाट संविधान संशोधनबारे पार्टीले निर्णय हुने बताए।

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बोलाएको सर्वदलीय बैठकमा कांग्रेसले पार्टी केन्द्रीय समितिबाट संस्थागत निर्णयपछि मात्र संविधान संशोधनका विषयमा राष्ट्रिय सहमति कायम गर्न सकिने धारणा राखेको थियो।

भोलिपल्ट बुधबार स्वदेशका र भारतीय केही मिडियाले समेत संविधान संशोधन प्रस्ताव कांग्रेसकै कारण फिर्ता लिएको भन्ने समाचार प्रसारण भएका थिए।

यस्ता विषयले स्वदेश तथा विदेशमा रहेका नेपालीमा भ्रम उत्पन्न भएको भन्दै प्रवक्ता शर्माले राष्ट्रियता बारेमा कांग्रेस गम्भीर रहेको बताए।

उनले मुलुकमा अहिलेसम्म भएका जुनसुकै परिवर्तनमा कांग्रेसको अग्रणी भूमिका रहेको भन्दै नक्साका सम्बन्धमा पनि कांग्रेसले औपचारिक निर्णय लिएपछि सहमति जुट्ने बताए।

उनले कांग्रेसका कारण संविधान संशोधन प्रक्रिया अघि बढ्न नसकेको भन्ने सरकारका मन्त्रीहरुको भनाइको खण्डन गरे।

शर्माले भने, 'संविधान संशोधन विधेयक फिर्ता लिनुपर्छ भनेर सरकारका मन्त्री र एक मुख्यमन्त्रीले समेत दिएको अभिव्यक्ति आपत्तिजनक छ। पार्टीको धारणा सार्वजनिक गर्न नेकपा सरकारका कुनै मन्त्री र मुख्यमन्त्रीलाई सहायक प्रवक्ता तोकेका छैनौं। मुख्यमन्त्रीज्यूहरु आफ्नै पार्टीका बारेमा बोल्नुहोस्। हाम्रा पार्टीका बारेमा बोल्नु पर्दैन।' 

उनले नेपालको नयाँ नक्सा, राष्ट्रियता र देशभक्तिको अडानलाई भ्रममा पार्न नपर्न सबैलाई आग्रह गरे। राष्ट्रियताको मुद्दा चर्किरहेका बेला लकडाउनको मारमा परेका जनताको गम्भीर समस्यालाई ओझेलमा नपार्न उनले सरकारलाई चेतावनी दिए।

प्रकाशित: May 28, 2020| 16:00 बिहीबार, जेठ १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।