आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ओली र देउवाबीच संविधान संशोधन प्रस्ताव १८ गतेको कार्यसूचीमा राख्ने सहमति

ओली र देउवाबीच संविधान संशोधन प्रस्ताव १८ गतेको कार्यसूचीमा राख्ने सहमति

प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच संविधान संशोधन प्रस्ताव आगामी १८ गतेको संघीय प्रतिनिधि सभा बैठकको कार्यसूचीमा राख्ने सहमति भएको छ।
 |  बिहीबार, जेठ १५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १५, २०७७

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच संविधान संशोधन प्रस्ताव आगामी १८ गतेको संघीय प्रतिनिधि सभा बैठकको कार्यसूचीमा राख्ने सहमति भएको छ।

दुई नेताबीच बिहीबार भएको टेलिफोन वार्तामा यस्तो सहमति भएको बालुवाटार उच्च स्रोतले बतायो।

संविधान संशोधन प्रस्ताव बुधबार संसद्को कार्यसूचीबाट हटेपछि यसबारे विभिन्न भ्रम उत्पन्न भएको छ। सरकारका मन्त्री र केही मुख्यमन्त्रीले कांग्रेस प्रस्तावका कारण विधेयक कार्यसूचीबाट हटेको सार्वजनिक अभिव्यक्ति दिएपछि थप अन्योल उत्पन्न भएको छ।

सरकारले भारतद्वारा अतिक्रमित नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नयाँ नक्सा सार्वजनिक गरेको छ। नेपालको निशान छापमा सोही नक्सा समेट्न सरकारले संविधान संशोधन गर्न लागेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बोलाएको सर्वदलीय बैठकमा यसबारे सहमति जुट्न सकेको थिएन। कांग्रेसले केन्द्रीय समिति बैठकबाट मात्र यसबारे निर्णय गर्ने धारणा राखेको थियो भने जनता समाजवादी लगायतका केही दलले संविधान संशोधनमा अन्य विषय पनि समेट्नुपर्ने माग गरेका थिए।

कांग्रेसकै कारण संशोधन प्रस्ताव फिर्ता भएको भन्ने भ्रम फिँजिएपछि कांग्रेस नेताहरुले आफूहरु लिम्पियाधुरा, लिपुलेक, कालापानी नेपाली भूमि हो भन्नेमा स्पष्ट रहेको प्रस्टोक्ति दिँदै आएका छन्। यही भ्रम चिर्न नेताहरूबीच तत्काल संविधान संशाेधन गर्ने सहमति भएकाे बताइएकाे छ। संविधान संशाेधनकाे एजेन्डामा छलफल गर्न कांग्रेस केन्द्रीय समितिकाे बैठक १७ गते शनिबारका लागि डाकिएकाे छ।

प्रकाशित: May 28, 2020| 15:40 बिहीबार, जेठ १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।